IPL

चेन्नाईलाई ठुलो झड्का, रैना पछि हरभजन पनि आईपीएल नखेल्ने

Published

on

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुन अब दुई हफ्ता मात्र बाँकी रहेको छ । तर चेन्नाई सुपर किंग्सलाई अर्को ठुलो झड्का लागेको छ ।

मध्यक्रमका ब्याट्सम्यान सुरेश रैना व्यतिगत कारणले गर्दा आईपीएल नखेल्ने भन्दै युएईबाट भारत फरेकिएको एक हप्ता पनि बित्न सकेको छैन अफ स्पिनर हरभजन पनि यस संस्करणमा नखेल्ने भएका छन् ।

हरभजनले पनि व्यतिगत कारण देखाउँदै आईपीएल नखेल्ने भएका हुन् । यस अघि पनि व्यतिगत कारणले भन्दै हरभजन अन्य टोली सदस्यसँग युएई उडेका थिएनन् । उनी गत मंगलबार नै युएई आईपुग्न पर्ने भए पनि आज सम्म भारतमा नै रहेका छन् ।

उनले आफु उपलब्ध हुने नहुने बारेमा अधिकारिक जानकारी गराएका छैनन् भने फ्रेन्चाइज पनि हरभजन बिना नै मैदान उत्रन तयार रहेको छ ।

गत सिजन ४० बर्षिय हरभजनले चेन्नाईको लागि ११ खेल खेल्दै २२ विकेट हात पारेका थिए । उनी इमरान ताहिर र दिपक चाहार पछि चेन्नाईको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा तेश्रो स्थानमा रहेका थिए ।

युएईमा रहेको चेन्नाईको टोलीमा कोरोना देखिए पछि उनीहरुले अभ्यास पनि सुरु गर्न सकेका छैनन् । चेन्नाईका दुई खेलाडी सहित १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Click to comment

Trending