अन्तर्राष्ट्रिय

सेन्ट किट्स विरुद्ध सन्दिपको टोली जमैका पहिले बलिङ गर्दै 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो आठौं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जमैकाले सात खेलमा तीन जित र चार हार व्यहोरेको छ भने भने छ अंकका साथ अंक तालिकाको चौथों स्थानमा रहेको छ भने एक खेलम मात्र जित्न सकेको सेन्ट किट्स प्रतियोगिताबाट बाहिरी सकेको छ । आजको खेलमा जित हात पारेको खण्डमा जमैका समीफाइनल नजिक पुग्ने छ । तर उसले बाँकी दुई खेल मध्य एकमा जित निकाल्न पर्ने हुन्छ अन्यथा बार्बाडोस ट्राइडेण्ट्सले दुबै खेलमा पराजित हुन पर्नेछ ।

पहिलो लेगमा जमैकाले सेन्ट किट्स माथि ३७ रनको फराकिलो जित दर्ता गराएको थियो ।उक्त खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर दुई विकेट हात पारेका थिए ।

सिपीएलको जारी सिजनमा सन्दिपले सातवटै खेल खेलेका छन् भने १० विकेट हात पार्न सफल भएका छन् । सन्दिपले विकेट मात्र हैन निकै किफायती बलिङ पनि प्रदर्शन गरेका छन् । २८ ओभर बलिङ गरेका सन्दिपले चार दशमलब आठ पाँच प्रति ओभरमा १३६ रन खर्चिएका छन् ।

सन्दिपले गायना एमेजन वारियर्स, बार्बाडोस ट्राइडेण्ट्स र सेन्ट किट्स विरुद्धको खेलमा समान २-२ विकेट हात पारेका थिए भने सेन्ट लुसिया जुक्स, गायना एमेजन वारियर्स तथा ट्रिन्बागो नाइट राईडर्स विरुद्दको दुबै खेलमा समान १-१ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

जारी सिजनमा उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन भने गायना विरुद्धको खेलमा रहेको छ । उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारे ।

Click to comment

Trending