Headline

रियलले नै क्लब छोड्न गाह्रो बनाइदिएको बेलको आरोप

Published

on

रियल म्याड्रिडबाट आफ्नो बहिर्गमन कुरेर बसिरहेका वेल्स फर्वार्ड ग्यारेल बेल स्पेनिस क्लबले नै आफूलाई अन्यत्र जानका लागि निकै कठिन परिस्थिति सृजना गरिदिएको आरोप लगाएका छन् ।

प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा नरहेका बेलले कारोना भाइरसपछि सुचारु भएको स्पेनिस ला लिगामा बाकी रहेको १२ खेलमा मात्र ४८ मिनेट खेलेका थिए । आफ्नो दुई कार्यकालमै बेलसँग सम्बन्ध बिग्रदा जिदानले वेल्स स्टार म्यानचेस्टर सिटीबिरुद्ध च्याम्पियन्स लिग अन्तिम १६ को दोश्रो लेगमा रियलका लागि खेल्न अनिच्छुक रहेको बताएका थिए ।

रियलसँगको सम्झौतामा अझै दुई बर्ष बाकी नै रहेपनि जिदान रहुन्जेल उनी ला लिगा च्याम्पियनका लागि खेल्ने सम्भावना निकै कम रहेको छ । अघिल्लो बर्ष ३१ बर्षिय बेल चाइनिज सुपर लिग टोली जियाङसु सुनिङसँगको सम्झौता नजिक पुगेका थिए तर रियलले अन्तिम क्षणमा हात झिकेको थियो । यो घटनाले बेललाई अहिले पनि चिढाउने गरेको छ ।

“क्लबले यसको बारे जवाफ दिनुपर्छ किनभने म अघिल्लो बर्ष नै छोड्न लागिरहेको थिए तर अन्ति सेकेण्डमा रियलले मेरो सम्झौतानै रोकिदियो,” बेलले भने । “म चाइनिज सुपर लिगमा जाने कुरालाई लिएर निकै उत्साहित थिए तर त्यो हुन सकेन । त्यस्ता अन्य अरु समयहरु पनि थिए जब म छोड्न चाहन्थे तर क्लबले कहिले हुन दिन्थेन कहिले आफै केही गरिदिदैन थियो ।”

“सबै कुरा आफू खेल्दै आएको क्लबको हात मै हुन्छ । हामीले सम्झौतामा हस्ताक्षर गरेको हुन्छौं । क्लबले नै सबै कुरा निकै कठिन बनाइदिएपछि चुप लागेर बस्ने बाहेक अन्य कुनै बिकल्प हुदैन,” उनले थपे ।

२०१३ मा इङ्गलिस प्रिमियर लिग क्लब टोटेन्ह्याम हटस्परबाट १ सय १३ मिलियन डलरमा रियल म्याड्रिड आउदा बेल संसारकै महँगो खेलाडी बनेका थिए । रियलका लागि उनले दुई ला लिगा उपाधि र चार च्याम्पियन्स लिग जितेका छन् । जिदानसँग उनको सम्बन्धमा तिक्तता बढ्दै जादा उनले सम्मान दिन नसकेको भन्दै बेल निकै आलोचित पनि हुदै आएका छन् ।

Click to comment

Trending