Headline

‘ग्वार्डियोलाको स्वार्थिपनका कारण म्यान सिटी असफल’

Published

on

बार्सिलोनालाई महान टोली बनाएका पेप ग्वार्डियोलालाई भित्र्याएपछि म्यानचेस्टर सिटीको व्यवस्थापक पेप ग्वार्डियोलाबाट निकै अपेक्षा गरेको थियो ।

सिटीलाई लगातार दुई वटा इङ्गलिस प्रिमियर लिग उपाधि जिताएर ग्वार्डियोलाले त्यो अपेक्षा पुरा गरेकै थिए । अब पालो च्याम्पियन्स लिग जित्ने थियो । २०१९–२० को सिजनको मध्यसम्म खराब प्रदर्शन गर्दा लिभरपुलले उपाधि रच्ने अवसर पायो ।

लिभरपुलले उपाधि जित्ने लगभग पक्का भइसक्दा कोरोना भाइरसले रोकिएको प्रिमियर लिग सुचारु हुदा त्यसको औपचारिकता मात्र बाकी थियो । लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिसकेको थियो भने बार्सिलोना पनि बाहिरिदा सिटीलाई पहिलो पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता जित्ने अवसर थियो ।

आफ्नो टोलीले प्रिमियर लिगको उपाधि रक्षा गर्न नसकेपनि ग्वार्डियोला च्याम्पियन्स लिग जित्दै समर्थकहरुलाई खुशी पार्नेमा बिश्वस्त थिए । सिटी समर्थकहरु खुशी भएपनि जब उसले प्रि क्वार्टरफाइनलमा रियल म्याड्रिडलाई माथ दियो । तर क्वार्टर–फाइलनमा फ्रेञ्च क्लब लायोनसँग अप्रत्याशित हार बेहोरेपछि ग्वार्डियोलाको टिम संरचना र खेलाडीको रोजाइलाई लिएर ठूलो आलोचना भयो ।

सिटीको एक मात्र उपाधि इङ्गलिस लिग कप थियो । बायर्न म्युनिख तथा पुर्व जर्मन फुटबल आइकन लोथार मथाउस च्याम्पियन्स लिग जित्नै पर्ने भोकले गर्दा ग्वार्डियोलाको इख आफैमाथि हावी भएको मान्छन् ।

लोथार मथाउस

“पेप ग्वार्डियोला ठूला खेलहरुमा सधै केही बिशेष गर्न चाहन्छन्,” मथाउसले जर्मन खेलकुद पत्रिका स्पोर्ट्स बिल्डलाई भने । “बार्सिलोनामा एउटा डिएनए थियो, एउटा यस्तो सिस्टम जसलाई उनले पार गराए र सफल पनि भए । बायर्न र सिटीमा उनले परिवर्तन ल्याउने निरन्तर प्रयास गरे र हरेक पटक असफल भए ।”

बार्साको प्रशिक्षक रहदा चार मध्ये दुई सिजन च्याम्पियन्स लिगको उपाधि जितेका ग्वार्डियोला बायर्न र सिटी गरेर लगातार सात सिजन असफल भइसकेका छन् ।

“उनी जहिल्यै आफू पहिलेको भन्दा अझै राम्रो गर्न सक्छु भन्ने सोच्ने गर्छन् । म उनलाई भन्न चाहन्छुः ‘पेप तिमी राम्रो ट्रेनर हौं तर एउटा मापदण्ड अपनाउदै सिस्टम बनाएर राख ।’ म यसलाई स्वार्थीपना भन्न चाहन्छु । हो यो अलि कडा शब्द हो तर यो सबै उनकै कारणले गर्दा हो । बायर्नमा एक पटक उनले लेवान्डोस्की (पोलिस फर्वार्ड रोबर्ट लेवान्डोस्की) लाई लेफ्ट विङ्ग समेत खेलाए । तर त्यो रणनीति नै फ्लप हुन पुगेको थियो,” मथाउस भन्छन् ।

Click to comment

Trending