Corona Virus

पिएसजी स्टार नेमारलाई कोरोना भाईरस

Published

on

फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनका स्टार खेलाडी नेमारलाई कोरोना संक्रमण देखिएको छ। उनीसँगै अन्य २ खेलाडीलाई नि संक्रमण देखिएको पिएसजीले बताएको छ।

पिएसजीले खेलाडीहरुको नाम नखुलाए पनि फ्रेन्च मिडिया लुपुके  ले भने तीन खेलाडीमा एक खेलाडी नेमार भएको बताएको छ। च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँगको १-० हार पछि नेमार स्पेनी द्वप इबिजामा छुट्टी मनाउन पुगेका थिए। लुपुकेकै अनुसार अन्य दुई खेलाडी एन्जल डि मरिया र लेयनार्डो पारेडेस भएको बताएको छ।

लिग वानको नयाँ सिजन सुरु भईसके पनि पिएसजीलाई भने च्याम्पियन्स लिगमा फाइनल सम्म पुगेको कारण ब्रेक दिइएको छ। पिएसजीले लिगना  आफ्नो पहिलो खेल भने सेप्टेम्बर ११ मा लेन्स विरुद्ध खेल्ने छ।

कोरोना संक्रमण भएका खेलाडीहरुलाई भने क्लबले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको छ। नेमार,मारिया र पारेडेसले हने सिजनको पहिलो खेल गुमाउने निश्चित देखिन्छ।

Click to comment

Trending