Headline

फुटबलर नभएको भए किशान अथवा र्यापर हुन्थे: हालान्ड

Published

on

बोरुसिया डर्टमण्डका स्टार फर्वार्ड एर्लिङ्ग हालान्डले यदि आफु फुटबलर नभएको भए किशान अथवा र्यापर हुने बताएका छन् ।

ट्विटरमा उनका समर्थकसँगको प्रश्न उत्तरमा एक जना समर्थकले उनलाई यदि फुटबलर नहुनु भएको भए तपाईले कुन पेशा अपनाउनु हुन्थ्यो भन्दै प्रश्न गरे । हालान्डले धेरै समय नलगाई उत्तर दिएः “किशान अथवा र्यापर ।”

त्यस्तै अर्को एउटा समर्थकले ट्विट गर्दै सोधेः “के कुराले तपाइलाई सधैं बिहान उठेर अभ्यासमा जान प्रोत्साहन गर्दछ ?” उनको उत्तर थियोः “मात्र एउटा कुरा …… सबैभन्दा उत्कृष्ट हुने भोक ।”

सन् २०१९–२० को सिजनको शुरुवातमा रेड बुल साल्जबर्गको लागि २२ खेलमा २८ गोल गरे पछि उनलाई आँखा लगाउने क्लबहरु बढ्न थाले । उनले गरेको २८ मध्ये ६ गोल च्याम्पियन्स लिगमा रहेको थियो । त्यस पछि रियल म्याड्रिड, म्यानचेस्टर युनाईटेड र युभेन्टस जस्ता टोली उनलाई आबद्ध गर्न लागि परे ।

तर सबैलाई पछि पार्दै डर्टमन्डले २० बर्षिय हालान्डलाई २० मिलियन युरोमा आफ्नो क्लबमा तान्न सफल भएको थियो । यस पटक उनले राम्रै टक्कर दिएका बायर्न म्युनिखका पोलिस मिडफिल्डर रोबर्ट लेवान्डोस्कीले पनि उनलाई जर्मन क्लबमै रहन आग्रह गरेका थिए ।

Click to comment

Trending