Headline

रियल म्याड्रिड मिडफिल्डर रोद्रिगेज एभर्टनमा

Published

on

रियल म्यड्रिड तथा कोलम्बियाका मिडफिल्डर हामेस रोद्रिगेज इङ्गलिस प्रिमियर लिग क्लब एभर्टनसँग सम्झौताको नजिक पुगेका छन् ।

२० मिलियन पाउण्ड भन्दा बढी रकममा एभर्टनले यसै साता रोद्रिगेजलाई स्पेनिस ला लिगा बिजेता टोलीबाट भित्र्याउन गइरहेको बिबिसीले जनाएको छ । २९ बर्षिय रोद्रिगेजले हालका एभर्टन व्यवस्थापक कार्लो एन्सलोट्टीको प्रक्षिणमा रियल म्याड्रिडबाट खेलिसकेका छन् ।

बर्नाबाउमा जिनेदिन जिदानको दोश्रो कार्यकालको शुरुवातसँगै निकै कम समय खेल्न पाएका रोद्रिगेजलाई आफ्नो भविष्य निर्धारणका लागि रियलको प्रि–सिजन ट्रेनिङ्गमा हुनै पर्ने नियममा बाधिएको छैन । रियलसँग सम्झौताको अन्तिम बर्षमा रहेका रोद्रिगेजलाई भित्र्याउने प्रमुख योजना इटालियन एन्सलोट्टी कै रहेको छ ।

२०१४ को बिश्वकपमा पाँच खेलमा ६ गोल गरेका रोद्रिगेज गोल्डेन बुट बिजेता हुन् । गत सिजन १२ औं स्थानमा सक्काएको एभर्टनलाई पुन आकार दिने प्रयासमा रहेका एन्सलोट्टीको योजनामा रोद्रिगेजलाई तीन बर्षे सम्झौता दिनु रहेको छ ।

एभर्टनले केही दिन अघि पनि २९ बर्षिय ब्राजिलियन मिडफिल्डर एलानका लागि नापोलीसँग अर्को सम्झौता पनि गरिसकेको छ । त्यस्तै क्लबले वाट्फोर्डका फ्रेञ्च मिडफिल्डर अब्दुलाये डुकोरका लागि पनि छलफल गरिरहेको छ ।

Click to comment

Trending