Headline

नेसन्स लिगको शुरुवातसँगै अन्तर्राष्ट्रिय फुटबलको पुनरागमन

Published

on

युरो २०२० एक बर्षका लागि स्थगित भएपछि युरोपमा अन्तर्राष्ट्रिय फुटबलले नेसन्स लिगको सुरुवातसँगै लामो समय पछि पुनरागमन गर्दै छ ।

शरद ऋतु (भदौं–पुष) को बीचमा संचालान हुने यो प्रतियोगिता कोरोना भाईरसको महामारी कायम रहनुको बावजुद पनि डिफेन्डिङ च्याम्पियन पोर्चुगल आफ्नो उपाधि रक्षाका लागि उत्रदै छ ।

सामान्य समयमा युरोपका अन्तर्राष्ट्रिय टोलीहरू युरोपियन च्याम्पियन्स लिगको फाइनल भएको आठ हप्ता भन्दा कम समयमा यस प्रतियोगिताका लागि तयार हुनुपर्ने थियो तर यो पटक भने नोभेम्बरको अन्तिम सातामा युरो कपको छनोट चरण सक्काएका टोलीहरु १० महिना पछि मैदानमा उत्रने छन् ।

“बिगतका केही महिना गार्हो भए पनि हाम्रो टोली फर्किदा निकै खुशी लागेको छ र फेरी अन्तर्राष्ट्रिय खेल खेल्न पाएकोमा हामी निकै उत्साहित छौ,” जर्मनीका प्रशिक्षक योआकिम लोउले भने ।

आधुनिक युगको फुटबलमा यस्तो ब्रेक अब कमै देख्न वा सुन्न सकिने भएपनि अब आउने क्यालेन्डरमा कसरी कार्यक्रम गरिएको छ र आउने बर्ष कसरी खेल हुने छन् भनेर हेर्न बाँकी छ । यो पटक भने युरोपमा शिर्ष लिगहरु शुरु हुनु भन्दा ठीक पहिले लगभग सबै राष्ट्रहरुले यसै महिना लगातार खेलहरु खेल्ने छन् ।

“बोर्डले यो बिषयमा छलफल गर्नु पर्छ र क्यालेन्डरलाई मिलाउनु पर्छ । यो सबैको जिम्मेवारी हो,” गत हप्ता मात्रै प्रशिक्षक ग्यारेथ साउथगेटले इङ्गल्याण्डको फुटबल संघको ध्यानाकर्षण गर्दै भनेका थिए । “सबैले आ–आफ्नो प्रतियोगिता राख्ने प्रयास गरिरहेका हुन्छन् । क्यालेन्डरमा प्रतियोगिताहरु थपिदै गर्दा यस्तो भए पछि खेलाडीहरुका लागि कम समय मात्र हुने देखिन्छ ।”

पहिलो संस्करणको नेसन्स लिगको उपाधि रानोल्डोको कप्तानीमा पोर्चुगलले जितेको हो

 

नेसन्स लिगको छैटौ चरणसम्म पुग्दा खेलाडीहरुको माग भारी हुने देखिन्छ । फाइनलसम्म पुग्दा पनि खेलाडीको मागलाई पुरा गर्दा लिगमा असर पर्नेछ । नेसन्स लिगको फाइनलका लागि २०२१ जुनका लागि योजना बनाइएको छ । युरोपियन च्याम्पियनसिपका लागि प्रारम्भिक छनोट मानिएको नेसन्स लिग यो पटकको युरो कप पछि भने एक बर्षको लागि सारिने छ ।

तर यस पटक भने नेसन्स लिगको सबै खेलहरु एकै साथ शुरु हुने छन् । यसलाई महामारीमा फुटबलको लागि न्यु नर्मलको नाम दिइएको छ । नेसन्स लिग पनि गएको च्याम्पियन्स लिग र युरोपा लिग जसरी नै बन्द रँगशाला पछाडि हुने छ । दर्शकको कमि त छदै छ स्वास्थ्य संकट पनि यो समयमा निकै बढी देखिन्छ ।

प्रशिक्षकहरु आफ्नो खेलाडीलाई गुमाउन तयार रहनु पर्ने देखिन्छ । फ्रान्सले पनि कोभिड–१९ का कारण आफ्नो मिडफिल्डका दुई स्टार पउल पोग्बा र हौसेम अउरलाई स्वीडेन र क्रोएसियासँगको खेलको लागि गुमाइ सकेको छ ।

त्यस्तै स्पेनले रियल सोसिडाडका स्ट्राइकर माइकल ओयर्जाबाललाई जर्मनी र युक्रेनको विरुद्धको खेलका लागि गुमाएको छ । स्पेनमा स्थिती अझै साम्य नभएकाका कारण समर्थकहरुलाई प्रवेश नदिएको परिस्थित कायमै रहेको छ । स्पेनले आफ्न दुवै खेलमा समर्थक नहुने भएकाले रियल म्याड्रिडको प्रशिक्षण स्थल अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेल्ने छ ।

Click to comment

Trending