Corona Virus

राष्ट्रिय टोलीको क्याम्प मा रहेका एरिक कोरोना मुक्त

Published

on

अखिल नेपाल फुटबल संघले राष्ट्रिय टोलीको क्लोज क्याम्पका लागि खेलाडीहरुको पिसीआर गराएको थियो । जस्मा राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका एनआरटीका मिड्फिल्डर एरिक बिष्टको रिपोर्ट शंकास्पद आयो । पुन: स्वाब परीक्षण गराए पछि एरिकको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि घर मै आइसोलेसनमा बसेका एरिक बुधबार १४ दिन भन्दा बढीको समय पछि कोरोना मुक्त  भएका छन् । उनले वुधबार आफ्नो फेसबुक वालमा कोरोना मुक्त भएको र सबैलाई त्यस समयमा दिएको साथको लागि धन्यवाद लेख्दै पोस्ट गरेका थिए ।

उनले आफ्नो फेसबुक पोस्टमा आफुलाई संक्रमित हुँदा भाईरसले मात्र नभइ अन्य व्यक्तीको मानसिकतामा पनि गार्हो भएको बाताए । “भाईरसको मात्र नभइ अन्य व्यक्तीहरुको मानसिक सिकार हुँदा कती गार्हो हुन्छ भने मैले आज थाहा पाएको छुँ,” एरिक लेख्छन् ।

“यो भाईरसले मलाई धेरै कुरा सिकाएको छ । अहिले मानसिक तनाव केही पनि छैन अब यसरी नै म आफ्नो शारिरिक पनि राम्रो गर्छु।”

रिपोर्ट शंकास्पद भए सँगै अन्य ठाउँमा नि स्वाब दिएका एरिकको रिपोर्ट उनको हातमा नपर्दै सामाजिक संजालमा केही वेब्साइटहरुको समाचार बनिसकेका थिए । त्यसैले गर्दा पनि एरिक आफुलाई मानसिक तनाव भएको बताउछन् ।

” पोसेटिभ रिपोर्ट आएको दुइ दिन सम्म त त्यही कुराले पिरोली रह्यो तर आँफैलाई अब जे भयो भयो भनेर सकरात्मक राख्न खोजे,” एरिक सम्झिन्छन्।”

“दिनहरु कट्दै गए र मैले आफुलाई सधैं साकारत्मक नै राखे नकरात्मक त केही पनि गरिन । फ्लिम, गित, सिरिज सबै सकरत्मक उर्जा दिने नै हेर्थे । शरिरिक अभ्यास र आफुलाई जहिले आत्मविश्वासी बनाए र  अहिले रिपोर्ट नेगेटिभ आएको छ ।”

 

Click to comment

Trending