Headline

लाइपजिगले समर्थकलाई मैदानमा प्रवेश दिने

Published

on

जर्मन बुन्डेसलिगा टोली तथा च्याम्पियन्स लिगको सेमिफाइनलिस्ट आरबी लाइपजिगले आगामी सिजनको आफ्नो पहिलो खेलमा समर्थकलाई रंगशालामा प्रवेश दिने भएको छ ।

लाइपजिग समर्थकलाई रंगशालामा प्रवेश दिने पहिलो बुन्ड़ेसलिगा क्लब बन्न गइरहेको हो । लाइपजिगलाई आफ्ना ८ हजार ५ सय समर्थकलाई रंगशालामा उपस्थित हुन दिन शहरको स्वास्थ्य बिभागले स्विकृति दिएको छ ।

लाइपजिगले जनाए अनुसार शहरमा कोरोना भाइरस प्रभावितको संख्या हालको अवस्थामा नै रहेको खण्डमा सेप्टेम्बर २० तारिखका दिन हुने माइन्जÞ बिरुद्धको खेलमा दर्शकलाई मैदान प्रवेश दिने भएको हो ।

रंगशालामा प्रवेश पाए पनि समर्थकहरुले भने स्वास्थ्य नियम भने पालना गर्न पर्ने हुन्छ । लाइपजिग शहरवासी समर्थकले मात्र मैदानमा प्रवेश पाउने छन् भने उनीहरुले आफ्नो पुर्ण विवरण पेश गर्न पर्नेछ । त्यस्तै मैदानमा मास्क बिना प्रवेश गर्न पाइने छैन भने ४२ हजार दर्शक क्षमता भएको रंगशालामा समर्थकहरु छरिएर बस्न पर्ने हुन्छ ।

दर्शकलाई रंगशालामा प्रवेशका अनुमति दिएर हामी सामान्य जनजीवन तर्फ जान खोजेका हौँ, लाइपजिगका मेयर बुर्खार्ट जोङ्गले भने । कोरोनाका कारण गत मार्च देखि बुन्डेसलिगा फर्कदा कुनै पनि खेलमा दर्शकलाई रंगशालामा प्रवेश दिइएको छैन ।

Click to comment

Trending