Headline

एण्डी मुरेको ग्राण्ड स्ल्याममा सनसनीपूर्ण पुनरागमन

Published

on

ब्रिटेनका एण्डी मुरे ग्राण्ड स्ल्याममा सनसनीपुर्ण पुनरागमन जनाउदै युएस ओपनको दोश्रो चरणमा प्रवेश गरेका छन् ।

न्यु योर्कको फ्लसिङ्ग मिडोजमा मुरेले जापानका योसिहितो निसियोकामाथि दुई सेटले पछि परेको स्थिति उल्टाउदै उत्कृष्ट जित हात पारे । २०१९ मा अष्ट्रेलियन ओपनको रुपमा आफ्नो पछिल्लो ग्राण्ड स्ल्याम खेलेका ३३ बर्षिय मुरेले कम्मरको शल्यक्रियापछि लामो ब्रेक लिएका थिए ।

युएस ओपनको तयारी स्वरुप उनले प्रतियोगिता अघि केही टुर म्याचहरु खेलेका थिए । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा मुरे पहिलो दुई सेटमा ४–६, ४–६ ले पछि परेका थिए । त्यसको अर्को दुई सेट उनले ७–६ (७–५), ७–६ (७–४) को संघर्षपूर्ण जित हात पारे । चौथो सेट जित्ने क्रममा उनले म्याच पोइन्ट समेत जोगोदै निसियोकालाई जितबाट टाढा राखेका थिए ।

अन्तिम सेटमा भने मुरेले ६–४ को जित निकाले । ४ घण्टा ३९ मिनेट लगाएर जित हात पारेका स्कटिस मुरेले दोश्रो चरणमा क्यानडाका फेलिक्स अगर–अलियासिमेको सामना गर्नेछन् ।

बुधबार नै भएको महिला तर्फको खेलमा किर्तिमानी २४ औं ग्राण्ड स्ल्यामको उपाधि पछ्याइरहेकी अमेरिकी सेरेना विलियम्सले आफ्नै देशकी क्रिष्टि एनलाई ७–५, ६–३ ले हराइन् । कोरोना भाइरसको महामारी अमेरिकामा कायमै रहेपनि युएस ओपन भने खाली स्टेडियममा भइरहेको छ ।

प्रतियोगितामा शिर्ष तीन बरियताका नोभाक जोकोभिच, राफेल नाडाल र रोजर फेडेरर तीनै खेलाडीको अनुपस्थिति रहेको छ भने अन्य थुप्रै खेलाडीहरुले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नखेल्ने निर्णय गरेका छन् ।

Click to comment

Trending