अन्तर्राष्ट्रिय

सन्दिपको शानदार प्रदर्शन, जमैका ट्रिन्बागोसँग १९ रनले पराजित

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो सातौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने जमैका तल्वाज ट्रिन्बागो नाइट राईडर्ससँग १९ रनले पराजित भएको छ । ट्रिन्बागोको यो लगातार सातौं जित हो भने जमैकाको चौथों हारको ।

ट्रिन्बागोले दिएको १८५ रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको जमैकाले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा मात्र १६५ रन बनाउन सक्यो ।

जमैकाको तर्फबाट ओपनर ग्लेन फिलिप्सले ३१ बलमा ४१ तथा आन्द्रे रसेलले २३ बलमा पाँच चौका र चार छक्काको मद्धतमा अविजित ५० रन बनाए पनि अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा हारको सामना गर्न पर्यो ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ट्रिन्बागोले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १८४ रनको विशाल योगफल तयार पार्यों ।

ट्रिन्बागोका कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए भने कप्तान काइरन पोलार्डले तुफानी पारी खेल्दै १६ बलमा अविजित ३३ रनको योगदान दिए ।

जमैकाको तर्फबाट कार्लोस ब्राथवेटले सर्वाधिक दुई विकेट लिए भने फेडल एडवार्डस् र सन्दिप लामिछानेले समान १-१ विकेट हात पारे । सन्दिप बाहेक अन्य बलर महँगो साबित हुँदा ट्रिन्बागोले ठुलो योफल बनाउन सफल भयो ।

 

सन्दिपको प्रदर्शन

ट्रिन्बागो विरुद्धको पहिलो लेगमा ३० रन खर्चिएर एक विकेट हात पारेका सन्दिपले आज किफायती बलिङ गर्दै चार ओभरमा २० रन खर्चिएर एक विकेट हात पारेका छन् । यस सँगै सन्दिपले यस सिजनको सबै खेलमा विकेट हात पार्न सफल भएका छन् ।

पहिलो ओभरमा मात्र तीन रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा एक विकेट निकाल्दै आठ रन खर्चिए । त्यस्तै तेश्रो ओभरमा दुई रन दिएका सन्दिपको अन्तिम ओभरमा सात रन खर्चिए ।

जमैका तल्वाजको लागि १०औं ओभर लिएर आएका सन्दिपले आफ्नो दोश्रो ओभरको तेश्रो बलमा २५ रन बनाएका लिन्ड्ल सिमन्सलाई मुजिब उर रमानको हातबाट क्याच थमाएका हुन् ।

सन्दिपले सिपीएलको जारी सिजनमा यस अघि छ खेल खेल्दै नौं विकेट हात पारेका थिए । सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार चार खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे । त्यस्तै उनले पछिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध २७ रन खर्चिएर दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

सन्दिपले बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

Click to comment

Trending