Headline

रोमामा फेरि फर्कने लेजेण्ड टोट्टीको बिश्वास

Published

on

इटालियन सिरी आ क्लब एएस रोमाका लेजेण्ड व्यवस्थापनमा परिवर्तन भएपछि ढिलो अथवा चाडो फेरि क्लबसँग जोडिने बिश्वासमा रहेका छन् ।

४३ बर्षिय टोट्टी रोमामा २४ बर्ष बिताउदै लेजेण्डको रुपमा सन्यास लिएपछि क्लबको व्यवस्थापनमा लागेका थिए । तर त्यसको दुई बर्षमै उनले राजीनामा दिएका थिए । यसको कारण क्लबका अमेरिकी मालिक जेम्स पालोट्टासँगको खराब सम्बन्ध रहेको थियो ।

यसै सिजन अर्का अमेरिकी ब्यापारी ड्यान फ्रेडकिनले रोमा खरिद गरेपछि टोट्टी पुरानै क्लबमा फर्कन सक्नेछन् । रोमाको व्यवस्थापनबाट राजीनामा दिएयता टोट्टी खेलाडीहरुको एजेन्टको रुपमा काम गर्दै आएका थिए ।

“ढिलो अथवा चाडो रोमा र म एक हुने सोच्नु स्वभाविक नै हो । म अहिले नै त्यो समय तोक्न चाहन्न र घरमा चुप लागेर बसेरै म यो सबै हुन्छ भन्ने सोचमा पनि छैन,” टोट्टीले इटालियन पत्रिका ला रिपब्लिकालाई भनेका छन् ।

टोट्टीले नयाँ मालिक फ्रेडकिनले क्लब सञ्चालनका लागि चाहिएको कुराहरुका बारे राम्ररी बुझेको पनि बताए । “रोममा मालिक भौतिक रुपमा नै प्रस्तुत हुन आवश्यक छ । उनको (फ्रेडकिन) को छोरा रायन रोममा बस्न आउदैछन् भन्ने तथ्य उनी सहि दिशामा गइरहेका छन् भन्ने बुझिन्छ । पालोट्टाले रिपोर्ट भएका जानकारीका आधारमा निर्णय गर्दा धेरै गल्तिहरु भएका थिए,” टोट्टीले भने ।

टोट्टीले नयाँ मालिकहरुसँग आफ्नो कुनै कुरा नभएको तर एक चरण कफि खाएर कुरा गर्न इच्छुक रहेको पनि बताए । टोट्टीले रोमा छोड्नुको कारण पलोट्टा इटालीमा भौतिक रुपमा उपस्थित नहुनु रहेको थियो भने उनको व्यवस्थापनका अन्य पदाधिकारीहरुसँग पनि राम्रो रहेको थिएन ।

Click to comment

Trending