Headline

बल किस गर्दा अर्जेन्टिनी फुटबलरलाई १२ सय डलर जरिवाना

Published

on

अर्जेन्टिनाका एक फुटबलरले इक्वेडरको प्रथम श्रेणीको प्रतियोगिताका दौरान बललाई किस गरेपछि १२ सय डलर जरिवाना तिर्नु परेको छ ।

अर्जेन्टिनी मिडफिल्डर सर्जियो लोपेजलाई शुक्रबार भएको लिगा प्रो अन्तर्गत माकाराबिरुद्ध १–० को जितमा बललाई किस गरेको कारण जरिवाना गरिएको हो । लोपेज राजधानी किटोको अकास क्लबका लागि खेल्ने गर्दछन् । कोरोना भाइरस महामारीका कारण बललाई किस गर्न नपाउने पनि कडा नियम लगाइएको छ ।

पाँच महिना रोकिएपछि अगष्टमा फर्किएको प्रथम श्रेणीको लिगमा महामारीलाई मध्येनजर गर्दै प्रशस्त नयाँ कडा नियमहरु लागु गरिएको छ । अगष्ट १६ मा भएको अर्को एक खेलको समाप्तिपछि जर्सी साटासाट गरेको कारण पाँच जना खेलाडीलाई पनि १२ सय डलर जरिवाना गरिएको थियो ।

अन्य दुई टोलीलाई पनि नयाँ नियम नमानेको आरोपमा कारवाही गरिएको छ । लिगा डे पोटोभियेहोलाई फस्ट एड बक्स उपलब्ध नगराएको र बार्सिलोना स्पटोर्टिङ्ग क्लबलाई सेनिटाइजर अथवा रक्सी उपलब्ध नगराइएको भन्दै कारवाही गरिएको हो ।

१ लाख १४ हजार कोरोना भाइरस संक्रमण रहेको दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमा कोरोना भाइरसका कारण ६ हजार ६ सयको मृत्यु भइसकेको छ । इक्वेडरका स्वास्थ्य अधिकारीहरुले ३ हजार ७ सय अन्य मृत्युको पनि रिपोर्ट गरेका छन् । ती सबै कोरोनाकै कारण हुन सक्ने बताइएको छ ।

Click to comment

Trending