Headline

कहिले काही सफलता टाउकोमा चढ्छः रैनालाई लिएर चेन्नई मालिक

Published

on

चेन्नई सुपर किंग्सका व्याट्स्म्यान सुरेश रैना यो सिजनको इण्डियन प्रिमियर लिगको पुरै सिजन नै नखेल्ने निर्णय गर्दै युएई छोड्दा सबै अचम्ममा परेका थिए ।

शुरुवातमा रैनाले आईपिएल छोड्नुको कारण नितान्त व्यक्तिगत भनिएपनि एक रिपोर्टले कप्तान महेन्द्र सिँह धोनीसँगको मनमुटावका कारण उनले प्रतियोगिता त्यागेको उल्लेख गरेको छ । चेन्नई फ्रान्चाइजले स्वामित्व ग्रहण गरेको इण्डिया सिमेन्ट्सका अध्यक्ष एन श्रीनिभासनले रैनालाई सफलताको मात लागेको बताएका छन् ।

अगष्ट २० मा पठानकोटमा रहेको रैनाको फुपुको घरमा भएको हत्याकाण्डका कारण रैनाले आईपिएल छोडेको भनिएपनि यो पूर्ण रुपमा सत्य नहुन सक्छ । उक्त हत्याकाण्डमा रैनाको फुपुको श्रीमानको त्यही दिन मृत्यु भएको थियो भने उनका भाइको केही दिनपछि अस्पतालमा मृत्यु भएको थियो । उनको फुपुको परिवारका अन्य सदस्यहरु पनि नराम्ररी घाइते भएका छन् ।

आउटलुकको एक रिपोर्ट अनुसार रैना युएईमा आफूलाई दिइएको होटल रुमलाई लिएर असन्तुष्ट थिए । खेलाडीहरुको लागि निर्धारण गरिएका बायो बबल नियमहरु महामारीको क्रममा सुहाउदो नरहेको र उनलाई कप्तान धोनी जसरी नै बाल्कोनी भएको रुमा चाहिएको रैनाले बताएको आउटलुकले लेखेको छ ।

श्रीनिभासनका अनुसार रैनाले छोड्दा पुरै टिम स्तब्ध भएको तर धोनी भने आफ्नो संयममै रहेका थिए । “खेलाडीहरु भनेको पुरानो समयमा आफ्नो नियन्त्रण गुमाउने गरेका नायकहरु जस्तै हुन्छन् । चेन्नई सुपर किंग्स एक परिवारको रुपमा रहदै आएको छ र सिनियर खेलाडीहरु एक अर्कासँग खुलेर बस्न सिकेका छन्,” श्रीनिभासनले भने ।

“मलाई के लाग्छ भने यदि तपाई इच्छुक हुनुहुन्न वा खुशी हुनुहुन्न भने फर्कदा हुन्छ । मैले कसैले कुनै कुरा गर्न कर गरेको छैन । कहिले काही सफलता टाउको माथि चढ्ने गर्छ,” श्रीनिभासनले भने । उनले रैना फर्कन सक्ने पनि बताए । “सिजन अहिले शुरु भइसकेको छैन र मलाई लाग्छ रैनाले आफूले छुट्टाउन सक्ने कुरा (क्रिकेट) र पैसाको बारेमा बुझ्नेछन् ।”

रैनाले हरेक सिजन चेन्नईबाट ११ करोड भारतीय रुपैया लिने गरेका छन् । गत शनिबार चेन्नईले एक ट्विट गर्दै रैना भारत फर्किएको र फ्रान्चाइजले उनी र उनको परिवारलाई पूर्ण रुपमा समर्थन गर्ने बताएका थिए ।

Click to comment

Trending