Corona Virus

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक बिजेता केसीलाई कोरोना

Published

on

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जित बहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको, उनको छोरा योगेन्द्रले बताएका छन् ।

आइतबार पेटको समस्या हुनुका साथै दिसामा रगत देखिएपछि उनलाई अस्पताल लगिएको र पिसिआर परिक्षण गर्नुपर्ने हुदा उनलाई कोरोनाको संक्रमण देखिएको योगेन्द्रले बताए । उनलाई अहिले सामान्य ज्वरो आएको तर स्वास्थ्यमा भने कुनै समस्या रहेको छैन ।

केसी कलंकिस्थित आफ्नो घरमै सेल्फ आइसोलेसनमा रहेका छन् । टेकु अस्पतालले उनलाई घरमै बस्न र केहि दिनमा वडाले खबर गर्ने सुझाएको थियो । योगेन्द्रका अनुसार जित बहादुर केसीले कोरोना जित्ने मनोबल परिवारलाई समेत दिएको पनि बताएका छन् ।

उनी अहिले राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी हुन । ७२ वर्षिय केसीले १९७३ को एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई कास्य दिलाएका थिए । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले जितेको त्यो पहिलो पदक हो ।

Click to comment

Trending