IPL

जाम्पा बेंगलोरबाट आईपीएल खेल्ने  

Published

on

अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् ।

तिब्र गतिका बलर केन रिचार्डसनले यस सिजनबाट आफ्नो नाम फिर्ता लिए पछि जाम्पाले उनको स्थानमा बेंगलोरमा आबद्ध हुन लागेका हुन् । रिचर्डसन बाबु बन्न लागेकाले उनले आफ्नो नाम फिर्ता लिएका हुन् ।

एक करोड ५० लाख भारतीय रुपैयाँ आफ्नो बेस प्राइस राखेका जाम्पा अक्सनमा भने बिकेका थिएनन् ।

जाम्पाले पछिल्लो पटक आईपीएलमा सन् २०१६ र २०१७ को सिजनमा पुनेबाट खेलेका थिए । दुई सिजनमा उनले ११ मात्र खेल खेलेका थिए भने १९ विकेट आफ्नो नाममा दर्ता गराएका थिए । हैदराबाद बिरुद्ध १९ रन खर्चेर छ विकेट उनको आईपीएलको सबैभन्दा राम्रो बलिङ प्रदर्शन हो ।

२८ बर्षिय जाम्पालाई सुरुवाती ११ मा स्थान बनाउन भने निकै कठिन देखिन्छ किन भने बेंगलोरको टोलीमा भारतीय टोलीका लेग स्पिनर युज्बेन्द्र चाहाल रहेका छन् ।

Click to comment

Trending