अन्तर्राष्ट्रिय

पाकिस्तान र इंग्ल्यान्ड बीचको अन्तिम ट्वान्टी ट्वान्टी आज 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान बीचको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्डले दोश्रो ट्वान्टी ट्वान्टी खेलमा पाकिस्तान माथि पाँच विकेटको सहज जित हात पार्दै तीन खेलको शृंखलामा १-० को अग्रता लिएको थियो । पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

दोश्रो खेलमा १९६ रनको विशाल योगफल पक्ष्याएको इंग्ल्यान्डले १९ दशमलब एक ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गरेको थियो ।

अघिल्लो खेलमा इंग्ल्यान्डलाई जित दिलाउने क्रममा कप्तान ओइन मोर्गन र दाविद मालानले तेश्रो विकेटका लागि ६२ बलमा ११२ रनको शाझेदारी गरे । तुफानी पारी खेल्दै मोर्गनले ३३ बलमा ६६ रन बनाए भने मालानले ३६ बलमा छ चौका र एक छक्काको मद्धतमा अविजित ५४ रन जोडे ।

पाकिस्तानका शदाब खानले सर्वाधिक तीन विकेट लिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९५ रनको विशाल योगफल बनाको ।

पाकिस्तानको तर्फबाट तुफानी पारी खेलेका हफिजले ३६ बलमा सर्वाधिक ६९ रन बनाए । त्यस्तै बाबर आजमले पनि ४४ बलमा ५६ रनको पारी खेले ।

Click to comment

Trending