Headline

अनाथ आश्रम देखि ‘आईसीसी हल अफ फेम’ सम्मः लिजा स्थेलेकरको प्रेरणादायी कथा

Published

on

’हरेक सफलतामा कथा हुन्छ’ – यो प्रसिद्ध भनाइ धेरै खेलाडीहरुमा लागु हुन्छ । पुर्व र हालका धेरै खेलाडीहरुले आफ्नो मिहिनेत र लगनका कारण जीवनमा भागेका दुख र कष्टका बावजुद ठूलो उपलब्धि हासिल गरेका धेरै उदाहरणहरु छन् ।

ती मध्ये एक खेलाडी हुन् अस्ट्रेलियन महिला क्रिकेट टोलीकी लिजा स्थेलेकर । केहि दिन अघि मात्र लिजाले पाकिस्तानका पुर्व ब्याट्सम्यान जाहिर अब्बास र दक्षिण अफ्रिकाका पुर्व अलराउण्डर ज्याक्स कालिससंगै ’आईसीसी हल अफ फेम’ मा स्थान बनाउन सफल भएकी थिइन् ।

बिश्व क्रिकेटको सर्वोच्च निकायले ठूलो सफलता हात पारेका खेलाडीहरुलाई आफ्नो हल अफ फेममा स्थान दिने गरेको छ । अब्बास र कालिस दुवै खेलाडी आफ्नो देशका लागि लेजेण्ड खेलाडी हुन् ।

लिजाको यो उपलब्धि पछाडिको यात्रा रोचक छ भने उत्ति नै प्रेरणादायी पनि ।

लिजाको कथा ४२ बर्ष अघि भारतको पुनेमा एक अनाथ आश्रमबाट सुरु हुन्छ । उनको वास्तविक नाम लैला हो । उनलाई जन्म दिने बाबु आमाले गरिबिका कारण हेरचाह गर्न नसक्ने भन्दै अनाथ आश्रममा लगेर छोडिदिन्छन् । सन् १९७८ मा लिजा मात्र तीन साताकी हुँदा उनलाई एक जोडीले अपनाउँछन् ।

एक अमेरिकन जोडी ह्यारेन र सु स्थेलेकर छोरा अपनाउनका लागि भारत आएका हुन्छन् र त्यो आश्रममा पुग्छन् । तर लिजालाई देखेपछि उनीहरुलाई आफ्नो ग्रह मिलेको झै लाग्छ र छोरा अपनाउने योजना पन्छाउदै लिजालाई लिन्छन् । सबै कागज पत्र मिलाएर उनीहरु लिजालाई अमेरिका लैजान्छन् ।

चार वर्षको अमेरिका र केन्या बसाई पछि लिजाको नयाँ परिवार अस्ट्रेलियामा बसोबास गर्न शुरु गर्छन् र त्यहींबाट शुरु हुन्छ महिला क्रिकेटकी एक उत्कृस्ट खेलाडीको यात्रा ।

सन् २००१ देखि २०१३ सम्म १२ वर्षे आफ्नो खेल जीवनमा लिजा टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टी गरेर अस्ट्रेलियाको तर्फबाट करिब चार हजार रन बनाउनुको साथै २०० भन्दा बढी विकेट लिन पुग्छिन् ।

लिजालाई क्रिकेटसँगको परिचय भने भारतमा जन्मिएका उनका अमेरिकन बाबुले गराएका हुन् । उनका बाबु क्रिकेटमा चाख राख्ने गरेका कारण उनी सानो छँदा बाबुसँगै आगनमा क्रिकेट खेल्ने. गरेको थिइन । तर जब उनी ८–९ वर्षको पुगिन् उनी आफैलाई पनि क्रिकेट प्रति लगाव बढ्न थाल्यो ।

अस्ट्रेलियन टोलीको कप्तानी समेत सम्हालेकी लिजाले चार पटक विश्वकपको उपाधि पनि उचालेकी छिन् ।

बलरका रुपमा सन् १९९० मा घरेलु क्रिकेट शुरु गरेकी लिजाले सन् २००० सम्म आईपुग्दा एक उत्कृष्ट ब्याट्स्उमनको रुपमा पनि आफुलाई स्थापित गर्न सफल भइन् । उनी एकदिवसीयमा एक हजार रन र एक सय विकेट पुरा गर्ने पहिलो महिला खेलाडी हुन् ।

क्रिकेटबाट सन्यास लिए पछि लिजा कमेन्ट्री तथा क्रिकेट प्रशासनमा लागेकी छिन् ।

 

Click to comment

Trending