IPL

रहाने र अश्विनको आगमनले दिल्ली झन् बलियो : कप्तान ऐयर

Published

on

दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले अजिंक्य रहाने र रविचन्द्रन अश्विनको आगमनले १३ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि आफ्नो टोली झन् बलियो भएको धारणा राखेका छन् ।

गत संस्करणमा तेश्रो स्थान हात पारेको दिल्लीले यस पटक आफ्नो टोलीलाई अझै राम्रो र बलियो बनाउने हिसाबले रहाने, अश्विन र मार्कस स्टोइनिसलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । गत सिजन रहानेले राजस्थान रोयल्स तथा अश्विनले किंग्स ११ पन्जाबबाट आईपीएल खेलेका थिए ।

‘हाम्रो टोलीले आक्रमक र जोशका साथ खेल्ने टोलीको रुपमा परिचय बनाएको छ । र हामी टोली पनि यस्तै प्रकारको छ । रहाने र अश्विनको आगमनले टोलीलाई झन् बलियो बनाएको छ भने हामीसँग टोली छान्नका लागि पनि पर्याप्त विकल्प दिनेछ,’ ऐयरले भने ।

‘दुबैसँग अन्तरास्ट्रिय र आईपीएल तथा लामो समय क्रिकेट खेलेको अनुभब छ । उनीहरुको अनुभबले पक्कै पनि दिल्लीले यस सिजन गएको भन्दा राम्रो परिणाम ल्याउने छ । रहने र अश्विनले आ-आफ्नो टोलीको कप्तानी गरिसकेका छन् जसले गर्दा मलाई पनि कप्तानीमा केहि सहयोग चाहिएको खण्डमा साथ मिल्ने छ भन्नेमा आशावादी छु ।’

ऐयरले आईपीएलको अधिकारिक वेबसाइटमा राखिएको भिडियोमा यस पटकको आईपीएलमा दर्शकको अनुपस्थितीले गर्दा अन्य आईपीएल भन्दा भिन्न हुने धारणा पनि राखेका छन् । त्यस्तै उनले दर्शकले मैदानमा उपस्थित भएर खेल हेर्न नपाए पनि टेलिभिजन मार्फत खेल हेर्ने दिल्लीका समर्थकलाई राम्रो नतिजा सहित खुशी पार्ने पनि जनाए ।

यस सिजनको आईपीएल युएईमा आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर सम्म आयोजना हुनेछ ।

Click to comment

Trending