अन्तर्राष्ट्रिय

हफिज र आजमको अर्धशतकमा पाकिस्तानले इंग्ल्यान्डलाई दियो १९६ रनको 

Published

on

पाहुना टोली पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा १९६ रनको विशाल लक्ष्य दिएको छ ।

मोहम्मद हफिज र बाबर आजमको अर्धशतकमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १९५ रन बनायो ।

पाकिस्तानको तर्फबाट तुफानी पारी खेलेका हफिजले सर्वाधिक ६९ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले टम कुर्रानको बलमा कप्तान इयोन मोर्गनको हातबाट क्याच आउट हुनु अघि ३६ बलको सामना गर्दै पाँच चौका र चार छक्का प्रहार गरे ।

पाकिस्तानको लागि कप्तान बाबर आजम र फकार ज़मानले पहिलो विकेटको लागि ५१ बलमा ७२ रनको शाझेदारी गर्दै राम्रो सुरुवात दिए । २२ बलमा पाँच चौका र एक छक्काको मद्धतमा ३६ रन बनाएका आदिल रशिदको शिकार भए ।

तेश्रो नम्बरमा ब्याटिङमा आएका मोहम्मद हफिजले आजमसँग मिलेर ४० रनको शाझेदारी गरे । ४४ बलमा सात चौकाको मद्धतमा ५६ रन बनाएका आजम पनि रशिदको नै शिकार भए ।

त्यस पछि हफिजले ११ बलमा १४ रन बनाएर आउट भएका शोएब मलिकसँग मिलेर तेश्रो विकेटका लागि २४ बलमा ५० रन साझेदारी गरे । हफिजले चौथों विकेटका लागि नौं बलमा अविजित आठ रन बनाएका इफ्तिकार अहमदसँग मिलेर २० बलमा ३२ रन जोड्दै पाकिस्तानलाई विशाल योगफल तर्फ लगे ।

इंग्ल्यान्डको तर्फबाट महँगो साबित भएका रशिदले सर्वाधिक दुई विकेट हात पारे । उनले चार ओभरमा ३२ रन खर्चिए । त्यस्तै क्रिस जोर्डन र टम कुर्रानले समान चार – चार ओभर बलिङ गर्दै क्रमश ४१ र ४६ रन खर्चिएर समान १-१ विकेट हात पारे ।

तीन खेलको शृंखला ०-० को अवस्थामा रहेको छ । पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका रद्द भएको थियो ।

Click to comment

Trending