Headline

लेवान्डोस्की जर्मनीका ‘फुटबलर अफ द इयर’ घोषित

Published

on

बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की जर्मनीको फुटबलर अफ द इयर घोषित भएका छन् । बायर्नलाई च्याम्पियन्स लिग जिताउन प्रमुख भुमिका खेलेका लेवान्डोस्कीले यो सिजन आफ्नो व्यवसायिक करिअरकै उच्च प्रदर्शन दिएका थिए ।

खेल पत्रकारहरुबीच भएको मतदानमा लेवान्डोस्कीले २ सय ७६ भोट सहित प्रथम स्थान हात पारेका थिए । दोश्रो भएका उनका बायर्नका टिममेटद्वय थोमस मुलरले ५४ र जोशुवा किमिचले ४९ भोट मात्र पाएका थिए ।

३२ बर्षिय लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगा (३४), जर्मन कप (६) र च्याम्पियन्स लिग (१५) सहित सबै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रुपमा टुुङ्गाएका थिए । उनले सबै प्रतियोगिता गरेर ४७ खेलहरुमा ५५ गोल गरेका हुन् जुन उनको करिअरकै उच्च प्रदर्शन हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निकै उत्कृष्ट प्रदर्शन गरेको मेरो टिम र आफ्नो लागि पनि मैले कठिन परिश्रम गरेको थिए । बायर्नका प्रशिक्षक ह्यान्सी फ्लिक कोच अफ द इयर घोषित भएका थिए । २०१३ पछि बायर्नले पहिलो पटक ट्रेबल (जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग) जितेको हो ।

Click to comment

Trending