अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र पाकिस्तान बीचको दोश्रो ट्वान्टी ट्वान्टी आज 

Published

on

घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान बीचको दोश्रो ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७:०० बजे सुरु हुनेछ ।

पहिलो खेल वर्षाका कारण रद्द भए पछि तीन खेलको शृंखला ०-० को अवस्थामा रहेको छ । त्यसैले पनि आजको खेल जित्ने टोलीले कम्तिमा पनि शृंखला बराबरी गर्नेछ ।

इंग्ल्यान्ड र पाकिस्तान बीच खेलिएको पछिल्लो छ खेल मध्य इंग्ल्यान्डले तीन खेलमा जित निकालेको छ भने पाकिस्तानको पोल्टामा खेल एक पटक मात्र गएको छ । त्यस्तै दुई खेल भने बराबरीमा टुंगिएको थियो ।

अघिल्लो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १६ दशमलब एक ओभर खेल्दै छ विकेटको नोक्सानीमा १३१ रन बनाएको अवस्थामा वर्षा सुरु भए पछि खेल रोकिएको थियो । लगातारको वर्षाका कारण बाँकी खेल हुन सकेन र खेल रद्द हुन पुग्यो ।

इंग्ल्यान्डको तर्फबाट ओपनर टम बान्टनले सर्वाधिक ७१ रन बनाए । ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका बान्टनले ४२ बलको सामना गर्दै चार चौका र पाँच छक्का प्रहार गरे ।

पाकिस्तानका इमाद वासिम र शदाब खानले समान २-२ विकेट तथा इफ्तिकार अहमदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराएका थिए ।

Click to comment

Trending