Headline

किर्तीमानी रकममा भ्यालेन्सियाका रोड्रिगो लिड्स युनाइटेडमा

Published

on

ईंग्लिस क्लब लिड्स युनाइटेडले शनिवार क्लबले किर्तीमानी रकममा स्पेन र भ्यालेन्सियाका फर्वार्ड रोड्रिगोलाई क्लबमा भित्र्याएको छ ।

रोड्रिगोले लिड्ससँग चार बर्षको सम्झौता गरेका छन् भने उनलाई भित्र्याउन क्लबले कारीब ३० मिलियन पाउन्ड खर्च गरेको छ । यससँगै उनी लिड्सका सबै भन्दा महँगो खेलाडी भएका छन् ।

२९ बर्षिय रोड्रिगोले क्लबमा खेल्न उनी उत्साहित रहेको र मार्सेलो बिएल्सासँग काम गर्न पाउदा निकै खुशी लागेको प्रतिकृया दिएका थिए । उनले बिएल्सालाई फुटबलको सर्वश्रेष्ठ प्रशिक्षकमध्ये एक भएको बताए ।

“यो मेरो कारीअरको नयाँ चराण हो र मेरो यो ईंग्लिस फुटबलमा नयाँ सिजन पनि त्यसै कारण म क्लबको लक्ष्यहरू प्रप्त गर्न आफ्नो उत्कृष्ट खेल देखाउने छु,” रोड्रिगोले भने ।

“लिड्सले भ्यालेन्सियासँग केही हप्ता देखी मेरो कुरा गर्दै थियो। च्याम्पियन्स लिगमा छनोट नभए पछि क्लबमा अहिले केही समस्याहरू थिए। त्यस पछि लिड्सका फुटबल निर्देशक भिक्टर ओर्टाले मसँग कुरा गरे पछि म यहाँ आएको छुँ ।”

रोड्रिगो विङर र फर्वार्ड दुवै स्थानमा खेल्न सक्छन् । उनले युवा खेलाडीका रुपमा सेल्टा भिगो र रियल म्याड्रिडमा आफ्नो खेल जीवन बिताएका थिए । पछि उनी पहिलो टोलीका लागि खेल्न बेन्फिका पुगेका थिए । त्यस पछि उनलाई २०११ को सिजनका लागि प्रिमियर लिग क्लब बोल्टनले लोनमा ल्याएको थियो । २०१४ मा भने फेरी लोनमा भ्यालेन्सिया पुगेका रोड्रिगोले २२० खेल खेल्दै ५९ गोल गरेका थिए ।

उनीको जन्म ब्राजिलमा भए पनि उनी स्पेनका लागि खेल्ने गर्छन् । हाल सम्म स्पेनका लागि २२ खेल खेल्दै उनले आठ गोल गरेका छन् ।

रोड्रिगोसँगै लिड्सले शनिबार नै २४ बर्षिय जर्मन डिफेन्डर रविन कोचलाई क्लबमा भित्र्याएको थियो  ।

 

 

Click to comment

Trending