Headline

वेष्टन म्याकिन्नी बने युभेन्टसमा खेल्ने पहिलो अमेरिकी खेलाडी

Published

on

इटालियन महारथी युभेन्टसले अमेरिकी युवा खेलाडी वेष्टअन म्याकिन्नीलाई क्लबमा भित्र्याएको छ।

नवौँ पटकको डिफेन्डिङ च्याम्पियन युभेन्टसले संचार मध्यमहरुमा जर्मन क्लब साल्काबाट लोनमा आएका खेलाडी म्याकिन्नीको टुरिन आइपुगेको फोटो सर्वजनिक गरेका थियो ।

शनिबार युभेन्टसले संचार मध्यमहरुमा ट्रान्सफरको पुष्टी गर्दै “म्याकिन्नी जन्मदिनको दिन टुरिन आउन पाएकोमा खुशी छन्” लेखेको थियो। म्याकिन्नीले शुक्रबार मात्रै आफ्नो २२ औँ जन्मदिन मनाएका थिए ।

“युभेन्टस र साल्का बिचको सम्झौतासँगै वेष्टन म्याकिन्नीलाई अस्थायी रुपमा २०२१ जुन ३० सम्मको लागि ४.५ मिलियनमा क्लबमा भित्र्याएको छ ।” युभेन्टसले लेखेको थियो।

म्याकिन्नी मिड्फिल्डमा कुनै पनि स्थानमा खेल्न सक्छन् जस्ले गर्दा टोलीका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोलाई धेरै सजिलो हुने छ ।

तर सिरी आ मा म्यकिन्नी एक्लो अमेरिकी खेलाडी भने होइनन् । एलेक्सी लालास, गुसिपी रोसी, माइकल बार्ड्ले र ओगुची ओन्एयु पनि सेरि आ का बिभिन्न क्लबहरुमा खेल्दै आइरहेका छन् ।

 

Click to comment

Trending