Headline

१५ बर्षपछि नाइकीले तोड्यो नेमारसँगको सम्झौता

Published

on

बिश्वप्रशिद्ध खेलकुद ब्राण्ड नाइकीले ब्राजिलियन सुपरस्टार नेमारसँगको डेढ दशक देखिको सम्झौता तोडेको छ । १३ बर्षको उमेरमै नेमारलाई अनुबन्धन गरेको नाइकीका लागि यो अहिलेसम्मकै सबैभन्दा हाई–प्रोफाइल सम्बन्ध बिच्छेद हो ।

नेमार अब उपरान्त नाइकीका एथ्लिट नरहने स्पष्ट पार्न चाहन्छु, अमेरिकी ब्राण्डका जोस बेडेनेक अन्य केही नखुलाउदै एक इमेलमा लेखेका छन् । मिडिया रिपोर्टका अनुसार २८ बर्षिय पेरिस सेन्ट जर्माइन स्टार नेमार नाइकीको जर्मन प्रतिद्वन्दीसँग छलफलमा रहेका थिए र यही कारण सम्झौता तोडिएको हुन सक्नेछ ।

ब्राजिलियन मिडियाहरुका अनुसार नेमार र नाइकीबीच भएको पछिल्लो वार्तामा ब्राजिलियन फुटबलरले सम्झौता नविकरणमा कति पैसा पाउने भन्ने बिषयमा सहमति हुन नसकेको बताएका छन् । कम्पनी र नेमारका एजेन्टहरुबीचको वार्ता पछिल्लो केही महिनायता प्रभावित बनेको थियो ।

नेमारको कम्युनिकेशन समुहले यस बिषयमा केही प्रतिक्रिया दिन चाहेको छैन । पुमाले पनि नेमार आफ्नो कम्पनीमा आबद्ध हुन गइरहेको बिषयमा केही बोल्न चाहेन । च्याम्पियन्स लिगको फाइनलमा पिएसजीलाई बायर्न म्युनिख बिरुद्ध जिताउन असफल नेमार बिश्व फुटबलको सबैभन्दा महँगो खेलाडी रहेका छन् ।

२०१७ मा बार्सिलोनाबाट पिएसजी जादा उनका लागि फ्रेञ्च क्लबको कतारी मालिकहरुले २ सय २२ मिलियन युरो तिरेको थियो । फोर्ब्स म्यागजिनले सबैभन्दा बढी पैसा कमाउने सेलेब्रिटीहरुको सुचिमा सातौं स्थानमा राखेका नेमारको २०२० को कमाई प्रायोजन सम्झौतासहित गरेर ९५ दशमलव ५ मिलियन डलर रहेको उल्लेख गरेको थियो ।

Click to comment

Trending