Headline

आर्सनललाई कम्युनिटी सिल्डको उपाधि

Published

on

पेनाल्टीमा लिभरपुललाई ५-४ ले हराउदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि हात पारेको छ। निर्धारित ९० मिनेट १-१ गोलको बाराबरीमा सकिए पछि खेल पेनाल्टीमा गएको थियो।

खेलमा पहिलो गोल आर्सनलले गरेको थियो। १२ औँ मिनेटमा अर्सनलका लागि पिएरे एम्रिक अबामुयाङले गरेका थिए। उनले डिबक्स बहिरबाट गरेको प्रहार गरेको बलले जाली चुमाएको थियो। लिभरपुलले पहिलो हाफमै बाराबरी गर्न धेरै मौका पाए पनि सदुपायोग भने गरेको थिएन।

दोस्रो हाफमा भने लिभरपुलले बाराबरी गरेको थियो। लिभरपुलका लागि टाकुमी मिनामिनोले ७३ औँ मिनेटमा गोल गर्दै टोलीको आशालाई जिवित राखेका थिए।

खेल निर्धारित ९० मिनेटमा पनि १-१ गोलको बराबरी भए पछी सिधै पेनाल्टीमा गएको थियो। पेनाल्टीमा ५-४ ले लिभरपुललाई पखा लगाउदै आर्सनलले सिजनको पहिलो उपाधि जितेको छ। लिभरपुलका लागि युवा खेलाडी र्हियन ब्रिउस्टरले पेनाल्टीमा चुक्न पुगेका थिए। आर्सनलको यो १६ औँ कम्युनिटी सिल्डको उपाधि हो ।

Click to comment

Trending