राष्ट्रिय

सिपीएलमा सन्दिपको खेल आज सेन्ट किट्स विरुद्ध 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो छैठौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राती १२:०० बजे सुरु हुनेछ ।

सन्दिपले सिपीएलको जारी सिजनमा पाँच खेल खेल्दै सात विकेट हात पारेका छन् । सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार तीन खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे ।

त्यस्तै उनले पछिल्लो खेलमा बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

पाँच खेल खेलेको जमैका चार अंक सहित अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । जमैकाले पाँच मध्य दुई खेलमा मात्र जित निकाल्न सकेको छ भने बाँकी तीन खेलमा पराजित हुन पुगेको छ । प्लेअफमा स्थान बनाउने हो भने जमैकाले आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । सेन्ट किट्स भने पाँच खेलमा एक जितका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

Click to comment

Trending