Headline

के चेल्सीले बगाएको पैसाको सहि मुल्य दिलाउन सक्लान लाम्पार्डले ?

Published

on

चेल्सीले इङ्गलिस प्रिमियर लिगको दावेदारीका लागि गरिरहेको खर्चले प्रशिक्षक फ्रान्क लाम्पार्डमा दवाब हुने निश्चित देखिन्छ । लामपर्डले गम्भिर चुनौतीको सामाना गर्नु पर्ने त छ नै उनलाई क्लबले खेलाडी किन्नका लागि बगाएको पैसाको सहि मुल्य दिलाउन पर्ने दवाब पनि छ ।

चेल्सीलाई युएफाले ट्रान्स्फरमा प्रतिबन्ध लगाए पनि युवा टोलीलाई नै राम्रो बनाउदै लाम्पार्डले प्रिमियर लिगमा टोलीलाई चौथों स्थान दिलाएका थिए । गत सिजनको प्रदर्शनले लन्डन क्लब पुनः च्याम्पियन्स लिगमा फर्कन पनि सफल भयो । एफए कपको फाइनलमा भने आर्सनलसँग २–१ को हार व्यहोरे पनि चेल्सीको सिजनलाई औषत मान्न सकिन्छ ।

बिजेता लिभरपुलसँग ३३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग १५ अंकको दुरीमा सिजन सक्काएको चेल्सी प्रशंसाको पात्र बन्न पुगेको थियो । मुख्य खेलाडी एडेन हाजार्ड रियल म्याड्रिड र प्रशिक्षक मौरिजियो सारीले छोडेर गएको अवस्थामा लाम्पार्डले बागडोर सम्हाल्दै चेल्सीलाई पतन हुन दिएका थिएनन् ।

प्रिमियर लिगमा सबै भन्दा ठूलो खर्च गर्ने क्लबमा सिटी नै पर्छ । २०१७–२०१८ को सिजन सिटीका लागि पेप ग्वार्डियोलाले २ सय ९५ हजार मिलियन डलर खर्चदै खेलाडीहरु भित्र्याएका थिए ।

तर चेल्सी यस पटक भने त्यो किर्तिमानी रकम तोड्ने बाटोमा छ ।

२०२० को जनवरी ट्रास्फर विन्डोमा एक खेलाडी पनि अनुबन्धन गर्न असफल हुनु र त्यस अघि २०१९ को समर विन्डोमा प्रतिबन्ध लागेको क्लबले अहिले भने बजारमा आफ्नो लय समाउदै छ । मालिक रोमन अब्रामोभिचले पहिलो पटक क्लब किनेका बेलामा चेल्सी पैसाले नचल्ने बताएका थिए ।

युवा खेलाडीहरुमा भर पर्दै एक सिजन बिताएका लाम्पार्डले अब भने बजारमा रहेका प्रमाणित प्रतिभालाई प्राथमिकतामा राखेका छन् । अहिले सम्मको हिसाब हेर्ने हो भने चेल्सीले आरबी लाइपजिगका टिमो वेर्नेर, आयाक्सका हकिम जियच र लेस्टर सिटीका लेफ्ट ब्याक बेन चिलवेल माथि १ सय ४१ मिलियन पाउन्ड खर्च गरिसकेको छ ।

पिएसजीबाट फ्रि ट्रान्सफरमा ब्राजिलियन डिफेण्डर थियागो सिल्भा ल्याएको चेल्सी अझै खर्च गर्ने मुडमा छ भने केही दिनमै बायर लेभरकुसनका स्टार काइ ह्यावर्ट्जलाई पनि स्टाम्फोर्ड ब्रिजमा करिब ९० मिलियन युरोमा भित्र्यााउदै छ । चेल्सीले ह्यावर्ट्जलाई क्लबको सबै भन्दा महँगो खेलाडी बनाउदै छ ।

’फ्री ट्रन्स्फरमा’ पनि चेल्सी निकै आक्रमक देखिएको छ रियल म्याड्रिड र बार्सिलोना जस्ता ठुला क्लबले भित्राउन खोजेका मलाङ सारलाई लेराएको थियो । सिटीले २०१८ मा पाएको सफलता जस्तै लाम्पार्डले पनि चेल्सीमा त्यस्तै सफलताको आशा राख्ने छन् । सिटीका मालिक शेख मन्सुरले त्यो बेला खर्चको ठुलो अंश आफ्नो भागबाट हाले पनि चेल्सीको भने सबै पैसा क्लबकै रहेको छ ।

त्यही कारण पनि क्लबका समर्थकहरुले लाम्पार्ड र चेल्सीबाट ठुलो आशा रखेका छन् । चेल्सीले सन २०१७ यता प्रिमियर लिग जितेको छैन । सिटी र लिभरपुलले आफ्नो बर्चस्व कायम गरे पछि त चेल्सी शिर्ष दुईमा नै अटाएको छैन । तर नयाँ खेलाडीहरु आएसँगै चेल्सीमा निकै जोश देखिएको छ ।

प्रिमियर लिगको लागि भोको रहेको चेल्सीले यो पटक भने ठुलो दवेदारी दिने पक्का छ । गएको सिजन सोचेको जस्तो प्रदर्शन गर्न नसकेको यो टोलीले यो पटक भने क्रिस्चियन पुलिसिच, टिमो वेर्नर र हकिम जियचको फ्रन्ट थ्रीबाछट निकै आशा गरेको छ ।

गएको सिजन डिफेन्समा पनि कामजोर देखिएको चेल्सीले ५४ गोल खाएको थियो । यो लिभरपुल भन्दा २१ र सिटी भन्दा १९ गोल बढी हो । तर सिल्वा र चिलवेलको आगमनसँगै चेल्सीको डिफेन्स पनि सुध्रने आशा राखिएको छ ।

आजको दिन सम्म पनि चेल्सीले चिन्ता लिनु पर्ने स्थान भनेको गोलकिपिरकै रहेको छ । केपा अरीजबालागाको खस्किदो लय र विली काबालेरो प्रतिस्पर्धामा खरो उत्रन नसक्दा क्लबले नयाँ गोलकिपरको खोजी गरिरहेको छ ।

यदि लाम्पार्डले ट्रान्सफर बन्द हुनुभन्दा पहिले नयाँ गोलकिपर चेल्सीमा भित्र्याउने हो भने चेल्सीले आफ्नो बलियो टोली निर्माण गर्दै प्रिमियर लिग र अन्य प्रतियोगितामा राम्रो दावेदारी दिनेमा चेल्सी समर्थकहरु ढुक्क हुने छन् ।

Click to comment

Trending