Headline

कम्युनिटी सिल्डः सिजनको पहिलो उपाधिका लागि लिभरपुल र आर्सनल भिड्दै

Published

on

२०१९–२० सिजनको एफए कप बिजेता अर्सनल र प्रिमियर लिग बिजेता लिभरपुल शनिबार राति हुने कम्युनिटी सिल्डका लागि भिड्दै छन् ।

इङ्गलिस फुटबलमा कम्युनिटी सिल्डले नयाँ सिजनको शुरुवात भएको संकेत गर्छ । १९०८ देखि शुरु भएको यो प्रतियोगितामा प्रिमियर लिगको बिजेता र एफए कपको बिजेताले खेल्ने चलन रहेको छ ।

गत सिजनभर आफ्नो दबदबालाई कायम राखेको लिभरपुलले प्रिमियर लिग १८ अंकको फराकिलो अन्तरले जितेको थियो । आर्सनलले एफए कपको फाइनलमा चेल्सीलाई २–१ ले हराउदै यो प्रतियोगितामा स्थान बनाएको हो ।

शनिबारको खेलमा लिभरपुल आर्सनल भन्दा बलियो देखिन्छ । चाँडो शुरु गरिएको अभ्यास र खेलाडीको स्तर हेर्दा पनि लिभरपुल केही माथि देखिन्छ । आर्सनल पनि सिजनको अन्तिम तिर राम्रो लयमा देखिदै एफए कपको सेमिफाइनल र फाइनलमा दुई ठुला टोली म्यानचेस्टर सिटी र चेल्सीलाई हराएको थियो ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले पनि लिभरपुल अझै पनि उपाधिका लागि भोको भएको र कम्युनिटी सिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका थिए । अर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले पनि आफ्नो टोलीले राम्रो खेल देखाउने बताएका छन् ।

लण्डनको वेम्ब्ली स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ मा शुरु हुने छ ।

Click to comment

Trending