Headline

मेस्सी र रोनाल्डो युभेन्टसबाट सँगै खेल्ने सम्भावना !

Published

on

विश्व फुटबलका दुई उत्कृष्ट फुटबलर तर एक अर्काका चीर प्रतिद्वन्दी लियोनेल मेस्सी र क्रिष्चियानो रोनाल्डो एकै टोलीका लागि खेल्ने भन्दा कस्तो सुनिएला ? धेरैले यसलाई असम्भब भन्छन् भने एक हिसाबले अचम्मको कुरा पनि हुन सक्छ ।

तर यो विषयलाई साकार बनाउन युभेन्टस लागि परेको छ । दुई बर्ष अघि रोनाल्डोलाई टुरिन भित्र्याएको युभेन्टसको आँखा अब मेस्सी माथि रहेको छ ।

स्पेनिस पत्रिका लाकुपेको समाचारलाई आधार मान्ने हो भने इटालियन क्लब युभेन्टस मेस्सीलाई आफ्नो क्लबमा आबद्ध गर्न आतुर रहेको छ ।

३३ बर्षिय मेस्सीले २० बर्षे लामो बार्सा सँगको सम्बन्ध तोड्ने भए पछि उनलाई आफ्नो क्लबमा आबद्ध गराउन म्यानचेस्टर सिटी सबैभन्दा अघि रहेको छ भने पिएसजीले पनि चासो देखाएको छ । अब यस होडमा युभेन्टस पनि अघि बढेको छ ।

Click to comment

Trending