IPL

चेन्नाईलाई ठुलो झड्का, रैनाले आईपीएल गुमाउने 

Published

on

चेन्नाई सुपर किंग्सका मध्यक्रमका ब्याट्सम्यान सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण गुमाउने भएका छन् ।

रैना व्यक्तिगत कारणले युएईबाट भारत फर्किएका छन् जसका कारण उनले पुरै आईपीएल गुमाउने भएका हुन् । रैना के किन भारत फर्किएका हुन् भन्ने विषयमा चेन्नाईले केहि खुलाएको छैन ।

‘रैना व्यक्तिगत कारणले गर्दा भारत फर्किएका छन् र उनले यस सिजनको आईपीएल पूर्ण रुपमा गुमाउने भएका छन् । चेन्नाई यस्तो अवस्थामा रैना र उनको परिवारको साथ छ ,’ चेन्नाईका प्रमुख कार्यकारी कासी विश्वनाथनले ट्विट गरेका छन् ।

चेन्नाईको टोलीले केहि समय भारतमा नै अभ्यासका लागि समय बिताएर अगस्ट २१ मा युएई आएको थियो । युएई आएर आइसोलेलेसनमा बसेको चेन्नाईको टोलीका १० सदस्यमा हिजो मात्र कोरोना भएको पुष्टी भएको थियो ।

३३ बर्षिय रैना आईपीएलमा धेरै रन प्रहार गर्ने खेलाडीको सूचीको दोश्रो स्थानमा छन् । १९३ खेल खेलेका रैनाले पाँच हजार तीन सय ६८ रन प्रहार गरेका छन् भने पहिलो स्थानमा रहेका बिराट कोहलीको नाममा पाँच हजार चार सय १२ रन रहेको छ ।

रैना भारत गएको कारण नखुले पनि यदि उनी युएई फर्किन चाहेको खण्डमा पनि सहज भने हुने छैन । कोरोनाका कारण एक देशबाट अर्को देशमा जान लामो प्रक्रिया पुरा गर्न पर्ने हुन्छ भने युएई फर्किए पछि दुई हप्ता क्वारेन्टिनमा बस्न पर्ने हुन्छ ।

रैनाले केहि समय अघि मात्र अन्तरास्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

Click to comment

Trending