अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र पाकिस्तान बीचको पहिलो ट्वान्टी ट्वान्टी रद्द

Published

on

घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तान बीचको पहिलो ट्वान्टी ट्वान्टी वर्षाका कारण रद्द भएको छ । यससँगै तीन खेलको शृंखला ०-० को अवस्थामा रहेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १६ दशमलब एक ओभर खेल्दै छ विकेटको नोक्सानीमा १३१ रन बनाएको अवस्थामा वर्षा सुरु भए पछि खेल रोकिएको हो ।तर लगातारको वर्षाका कारण बाँकी खेल हुन सकेन ।

इंग्ल्यान्डको तर्फबाट ओपनर टम बान्टनले सर्वाधिक ७१ रन बनाए भने डाविड मालनले २३ तथा कप्तान इवन मोर्गनले १४ रनको पारी खेले । ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका बान्टनले ४२ बलको सामना गर्दै चार चौका र पाँच छक्का प्रहार गरे ।

पहिलो ओभरको पाँचौं बलमा इमाद वासिमले जोनी बैरस्टोवको विकेट निकाल्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाए । तर बान्टनले मालनसँग मिलेर दोश्रो विकेटका लागि ५२ बलमा ७१ तथा कप्तान मोर्गनसँग तेश्रो विकेटका लागि १८ बलमा ३६ रनको शाझेदारी गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए ।

एक समय विशाल योगफल तर्फ लम्केको इंग्ल्यान्डले १० बलको अन्तरमा तीन विकेट गुमाए पछि पाकिस्तान खेलमा फर्कने प्रयास गरे पनि वर्षाका कारण खेल रोकिन पुग्यो ।

खेल रोकिनु अघि पाकिस्तानका इमाद वासिम र शदाब खानले समान २-२ विकेट लिएभने इफ्तिकार अहमदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

दुई देश बीचको दोश्रो ट्वान्टी ट्वान्टी खेल आइतबार हुनेछ ।

Click to comment

Trending