Headline

डिपेको ह्याट्रिकमा लिग वानको पहिलो खेलमा लायोन बिजयी

Published

on

मेम्पिस डिपेको ह्याट्रिकको मद्धतमा च्याम्पियन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको लायोनले लिग वानको पहिलो खेलमा डिजोनलाई ४-१ ले हराएको छ ।

गएको डिसेम्बर देखी डिपेले आफ्नो पहिलो लिग गोल गरेका हुन् । गएको क्रिसमस बिदा देखी लिगामेन्टको चोटले ग्रसित डिपेले एकैपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो पहिलो खेल खेलेका थिए ।

उनले ह्याट्रिक गर्ने क्रममा दुई पेनाल्टी प्रहार गरेका थिए । खेलमा पहिलो गोल डिजोनले १४ औँ मिनेटमा गरे पनि नतिजा उल्टाउदै लायोनले ३९ औँ मिनेटमा डिपेको पेनाल्टी मार्फत बाराबरी गरेको थियो । ४५ औँ मिनेटमा अत्मघातिक गोल गर्न पुगेको डिजोनले पहिलो हाफको अतिरिक्त समयमा फेरी गोल खान पुगेको थियो । डिजोनले गरेको गल्तीलाई सदुपयोग गर्दै डिपेले व्यक्तिगत दोस्रो र लायोनका लागि तेस्रो गोल गरेका थिए ।

६६ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै डिपेले आफ्नो ह्याट्रिक पुरा गरेका थिए । उनले ह्याट्रिक पुरा गरे सँगै गोल गरेकोमा खुशी भए पनि राम्रो खेल नखेलेको बताए  ।

” मैले आज गोल गरे पनि यो मेरो उत्कृष्ट खेल भने थिएन । अर्को पटक म अझै सुधारिएको प्रदर्शन गर्ने छु।” डिपेले भने

Click to comment

Trending