Headline

मेस्सीले गरे बार्साको बोर्डसँग बैठक गर्ने प्रस्ताब

Published

on

लियोनेल मेस्सी बार्सिलोना छाड्न दृढ रहेका छन् । तर उनी बार्सा छाड्नु अघि बोर्डसँग बैठक बस्दै सहमती र राम्रो सम्बन्धका साथ क्लब छाड्न चाहन्छन् ।

गत मंगलबार मेस्सीले बार्सिलोनालाई आफु क्लब छाड्ने निर्णयमा पुगेको भन्दै क्लबलाई फ्याक्स मार्फत जानकारी गराएका थिए । १३ बर्षको उमेरमा एकेडेमीबाट क्याम्प नाउ आएका मेस्सीले २० बर्षको बर्सासँगको यात्राका क्रममा छ पटक बालन डि’ओर जित्नुको साथ साथै विश्वको उत्कृस्ट फुटबल खेलाडीका रुपमा उदाए ।

पछिल्लो समय मेस्सी क्लब देखि खासै खुशी थिएनन् । सुरुवातमा ब्राजिलका नेयमारलाई बेच्नु र पछि उनलाई फेरी क्लबमा फिर्ता नल्याएको भन्दै मेस्सीले असन्तुस्ट जनाएका थिए । त्यस माथि च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारको सामना गरे पछि मेस्सीको क्लबसँगको दुरी झनै बढ्दै गयो र उनले क्लब छाड्ने निर्णय सम्म पुगेका हुन् ।

मेस्सीको बार्सासँगको सम्झौता सन् २०२०-२१ सिजन सम्म रहेको छ । सम्झौता अनुसार मेस्सीले चाहेको खण्डमा सिजनको अन्त्यसँगै बार्साले उनलाई सित्तैमा अन्यत्र जान दिने एउटा दफा राखिएको छ र त्यही दफाका आधार उनले क्लब छाड्न खोजेका हुन् । तर बार्सा भने मेस्सीलाई अनुबन्ध गर्न चाहने क्लबले सात सय मिलियन का अनुसार सात सय मिलियन युरो खर्चन पर्ने बताउंदै आएको छ ।

दुबै पक्ष्यले अधिकारिक धारण नराखे पनि फुटबल पण्डितहरु र समर्थकहरु भने बिभिन्न अड्कलबाजी गर्दै आएका छन् । जस कारण पनि मेस्सी क्लब र आफ्नो विषय बाहिरी बहसको विषय नबनोस भन्ने चाहन्छन् । तर मेस्सीले क्लब छाड्ने हल्लासँगै समर्थकहरुले क्यामप नाउ अगाडी धर्ना दिनुको साथै बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले क्लबको बोर्ड सदस्य बिशेष गरि अध्यक्षले राजिनामा दिनपर्ने माग राखेका छन् ।

अन्तरास्ट्रिय समाचार मध्यमहरुले जनाए अनुसार मेस्सीले आफुले बार्सा छाड्न खोज्नुको कारणका बारेमा बोल्न खोजेका छन् । तर उनले कहिले यसको खुलाशा गर्छन् भन्ने बारेमा भने केहि यकिन हुन नसकेको जनाएका छन् ।

Click to comment

Trending