IPL

चेन्नाईका कम्तिमा १० खेलाडीमा कोरोना भएको पुष्टी 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) टोली चेन्नाई सुपर किंग्स टोलीको कम्तिमा पनि १० सदस्यमा कोरोना भाइरस भेटिएको पुष्टी भएको छ ।

हाल दुबईमा रहेको चेन्नाई टोलीले छ दिन क्वारेन्टिनमा समय बिताएको थियो भने आज शुक्रबारबाट अभ्यास सुरु गर्ने भएको थियो । तर हिजो बिहिबार गरिएको स्वाब परिक्षणमा कोरोना भेटिएको हो ।

प्रत्येक टोलीले पाँच पटक परिक्षण गर्न पर्ने नियम अनुसार चेन्नाई टोलीको तेश्रो पटक स्वाब परिक्षण गरिएको थियो । हाल एक जना भारतीय खेलाडी लगायत १० जनामा कोरोना भएको पुष्टी भए पनि खेलाडीको नाम भने खुलाइएको छैन ।

Click to comment

Trending