Headline

थियागो सिल्वा चेल्सीमा

Published

on

इङ्लिस क्लब चेल्सीले ३५ बर्षिय थियागो सिल्वालाई फ्री ट्रन्स्फरमा क्लबमा भित्राएको छ। सिल्वा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पीएसजी) बाट चेल्सी आएका हुन्।

उनलाई चेल्सीले हालका लागि १ बर्षको सम्झौता दिएको छ भने क्लब र उनको सहमतीमा अर्को एक बर्ष थप्न मिल्ने  चेल्सीले जनाएको छ।

लामो समयको पेरिस बसाइँ पछि सिल्वाले क्लब छोडेका हुन्। उनको पिएसजीमा सम्झौता सकिएका कारण चेल्सीले बिना कुनै खर्च सिल्वालाई भित्राउन सफल भएको हो।

सिल्वा ब्राजिलका राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेका छन्। उनि केहि दिनमै लन्डन आइपुग्ने छन् भने १४ दिने क्वारेन्टाइन पछि क्लबको ट्रेनिङमा सामेल हुने चेल्सीले जनाएको छ।

 

Click to comment

Trending