Headline

बायर्नका मुलरले ठट्टा गर्दै भने: हामी मेस्सीलाई किन्नै सक्दैनौं

Published

on

च्याम्पियन्स लिग बिजेता बायर्न म्युनिखका फर्वार्ड थोमस मुलरले ठट्टा गर्दै बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीलाई किन्नका लागि आफ्नो क्लबसँग आर्थिक श्रोत नरहेको बताएका छन् ।

बार्सिलोनाको व्यवस्थापनलाई ट्रान्सफर दिनको लागि आग्रह गर्दै मेस्सीले क्लब छोड्ने स्पष्ट पारेपछि बिश्व फुटबलमा एक तरँग आएको छ । मेस्सी १३ बर्षको उमेरदेखि नै बार्सिलोनासँग आबद्ध रहेका छन् भने उनले क्याम्प नोउ छोड्ने सोच्न समेत सकिदैन थियो ।

“मैले हाम्रो बित्तिय निर्देशकसँग पछिल्लो केही महिना एक–दुई चोटी कुरा गरेको थिए । र मलाई लाग्दैन हामी यो बिषयमा केही गर्न सक्छौं,” मुलरले एक कार्यक्रममा भने । उनले आफूले कहिल्यै पनि मेस्सीले बार्सिलोना छोड्न सक्ने नसोचेको तर अर्जेन्टाइन स्टारले क्बल छोड्नुले चर्चा कमाउनुको कारण पनि राम्ररी बुझेको बताए ।

“अहिले केही परिवर्तन आउनु भनेको बिश्व फुटबलको लागि रोमाञ्चक हो । मलाई लाग्छ बार्सिलोनाका समर्थक बाहेक मेस्सीको यो बहिर्गमनलाई आलोचनात्मक नजरले हेर्न सक्दैनन् । मान्छेहरु बरु अब उनको नयाँ बाटो हेर्न कौतुहल छन्,” मुलर भन्छन् ।

बायर्नका प्रमुख कार्यकारी कार्ल हाइन्ज रुमेनिग्गेले यसअघि नै मेस्सी जस्तो खेलाडीलाई पैसा तिर्न नसक्ने बताइसकेका थिए । “मेस्सीलाई खरिद गर्ने हाम्रो नीति र फिलोसोफीमा पर्दैन,” रुमिनिग्गेले भने ।

मेस्सीलाई बार्सिलोनाले क्लबमै राख्ने हर सम्भव प्रयास गरिरहदा उनलाई पुर्व बार्सा प्रशिक्षक पेप ग्वार्डियोलाले हाल व्यवस्थापन गरिरहेको इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी, च्याम्पियन्स लिग उप बिजेता पेरिस सेन्ट जर्माइन र इटालियन क्लब इन्टर मिलानले सम्भावित क्लबहरुको सुचिमा आएका छन् ।

Click to comment

Trending