Headline

पोग्बालाई कोरोना भाईरस; राष्ट्रिय टोलीबाट बाहिर

Published

on

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर  पउल पोग्बालाई कोरोना भाईरस संक्रमण भएको फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्स बताएका छन् ।

२७ बर्षिय पोग्बा १४ दिन आइसोलेसनमा बस्नु पर्ने छ ।

उनले नेसन्स लिग अन्तर्गत फ्रान्सले खेल्ने सबै खेल गुमाउने छन् । फ्रन्सको राष्ट्रिय टोलीले सेप्टेम्बर ५ मा स्वीडेन र ८ मा क्रोएसियाको समाना गर्दै छ ।

तर युनाइटेडका लागि भने प्रीमियर लिगमा पोग्बाले सेप्टेम्बर १९ मा हुने क्रिस्टल प्यालेससँग खेल्ने सम्भावना रहेको छ । “युनाइटेड परिवार पोग्बालाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दैछ” युनाइटेडले सामाजिक सन्जालमा लेखेको छ ।

फ्रेन्च टिममा पोग्बाको स्थान रेनेसका १७ बर्षिय मिड्फिल्डर एड्वार्डो कामाविन्गाले लिने छन् ।

“मैले अन्तिम क्षण सम्म कुर्दै खेलाडीको सूचीमा परिवर्तन ल्याएको छु ,” डेस्च्याम्प्स बिहीबार भने ।

“मैले पोग्बालाई मेरो सुचीमा राखेको थिए तर अन्तिम समयमा उनलाई संक्रमण भएको सुचना आए पछी मैले सुचीमा परिवर्तन ल्याएको हुँ।”

 

 

Click to comment

Trending