अन्तर्राष्ट्रिय

ब्राभो बने ट्वान्टी ट्वान्टीमा ५०० विकेट लिने पहिलो बलर 

Published

on

वेस्ट इन्डिजका अलराउण्डर ड्वायन ब्राभो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर बनेका छन् ।

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत गत राती सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सका रकिम कर्नवालको विकेट लिँदै ट्रिनबागो नाइट राईडर्सका ब्राभोले ट्वान्टी ट्वान्टीमा आफ्नो ५०० विकेट पुरा गरेका हुन् । त्यस्तै हिजो नै ब्राभोले सिपीएलमा पनि आफ्नो १०० विकेट पुरा गरेका छन् ।

इन्डियन प्रिमिएर लिग, अस्ट्रेलिया बिग ब्यास लिग, ढाका प्रिमियर लिग जस्त फ्रेन्चाइज लिग खेलेका ब्राभो ट्वान्टी ट्वान्टीमा ३०० र ४०० विकेट लिने पनि पहिलो बलर हुन् । ट्वान्टी ट्वान्टीमा १०० र २०० विकेट लिने पहिलो बलर भने नेदरल्यान्डस र अस्ट्रेलियाका डर्क नन्नेस हुन् ।

सन् २००६ मा आफ्नो पहिलो ट्वान्टी ट्वान्टी खेल खेलेका ३६ बर्षिय ब्राभोले ४५९ खेलको ४४० पारीमा कुल ५०१ विकेट हात पारी सकेका छन् । उनले ट्वान्टी ट्वान्टीमा १४ सय ९३ दशमलब एक ओभर बलिङ गर्दै आठ दशमलब दुई चार प्रति ओभर १२ हजार तीन सय १६ रन खर्चिएका छन् ।

ट्वान्टी ट्वान्टीमा सर्वाधिक धेरै विकेट लिने बलर ब्राभो पछाडी धेरै विकेट लिने खेलाडीको दोश्रो स्थानमा श्रीलंका तिब्र गतिका बलर लसिथ मालिंगा रहेका छन् भने तेश्रो स्थानमा वेस्ट इन्डिजका सुनिल नारायण छन् । मालिंगाले २९५ खेलमा ३९० विकेट तथा नारायणले ३३९ खेलमा ३८३ विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।

Click to comment

Trending