राष्ट्रिय

सिपीएलमा सन्दिपको शानदार प्रदर्शन जारी   

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत बार्बाडोस ट्रिडेन्ट्सका विरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।

चार ओभर बलिङ गरेका सन्दिपले १६ रन खर्चिएर दुई विकेट हात पार्न सफल भएका छन् । सन्दिपले आफ्नो दोश्रो ओभरमा रशिद खानको तथा तेश्रो ओभरमा शले नर्सको विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो तेश्रो तथा जमैका ताल्वाजको १४औं ओभरको तेश्रो बलमा एशले नर्सलाई बोल्ड गर्दै टोलीको छैठौं तथा आफ्नो दोश्रो विकेट हात पारेका हुन् । त्यस्तै आफ्नो दोश्रो ओभरको पहिलो तीन बलमा एक रन मात्र खर्चिएका सन्दिपले चौथों बलमा राशिक खानको विकेट निकालेका हुन् । ठुलो सट खेल्ने प्रयासमा सन्दिपको बल पढ्न नसक्दा बल हावामा गयो र मुजिब उर रहमानले क्याच लिएका हुन् ।

पहिलो तीन ओभरमा मात्र आठ रन खर्चिएका सन्दिपले चौथों तथा अन्तिम ओभरमा पनि आठ रन नै खर्चिए । आजको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो चौका हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

सन्दिपले पहिलो ओभरमा तीन रन,  दोश्रो ओभरमा एक तथा तेश्रो ओभरमा चार रन खर्चिएका थिए ।

सन्दिप सिपीएलको जारी सिजनमा यस अघिका चार खेलमा पाँच विकेट आफ्नो नाममा दर्ता गराएका थिए भने आजको खेल सहित पाँच खेलमा सात विकेट हात पारी सकेका छन् ।

 

Click to comment

Trending