Headline

अर्को सुनुवाई कुरिरहेका मग्वायर युनाइटेडको कप्तान कायम रहने

Published

on

ग्रिसको पर्यटकीय द्विपमा मारपिट गरेको आरोपमा पक्राउ परेका इङ्गल्याण्ड डिफेण्डर तथा म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायर आउने सिजन पनि क्लबको कप्तान रहने भएका छन् ।

मग्वायरलाई केही दिन अघि मात्रै प्रहरीमाथी दुर्व्यवहार, घुस दिन खोजेको र हुलदङ्गा गरेको आरोपमा माइकोनोस द्विप प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेपछि उनलाई २१ महिना १० दिनको जेल सजाय सुनाइएको थियो ।

२७ बर्षिय मग्वायरको टोलीले उक्त निर्णयबिरुद्ध अर्को अपिल गरेपछि अब उनको स्थानीय भन्दा माथिल्लो तहको अदालतमा अर्को सुनुवाई हुने भएको छ । ग्रिसको कानुन अनुसार नयाँ अपिलपछि यसअघि सुनुवाई स्वत रद्द भइसकेको छ ।

एस्ली कोल इन्टर मिलान गए पछि जनवरीमा उनलाई युनाइटेडले कप्तानीको जिम्मा दिएको थियो । मंगलवार नेसन्स लिगका लागि इङ्गल्यान्ड टोलीमा उनको नाम रहेको थियो । तर केहि घण्टा पछि ग्रिसमा उनी दोषी करार भए पछि टिमबाट हटाइएको थियो ।

उनी सहित प्रहरीले उनका भाई जो मग्वायर र साथी क्रिस्टोफर शर्मनलाई पक्राउ गरेको थियो । यि दुईलाई पनि अदालतले १३ महिने जेल सजाय तोकेको छ ।

Click to comment

Trending