Headline

भार्डीले गरे लेस्टरसँग नयाँ सम्झौता

Published

on

इंग्ल्याण्ड फरवार्ड जेमी भार्डीले ईंग्लिस क्लब लेस्टर सिटीसँग एक बर्षको सम्झौता थप गरेको क्लबले जनाएको छ ।

अघिल्लो सिजन प्रीमियर लिगमा २३ गोलका साथ गोल्डेन बुट जितेका भार्डीलाई क्लबले एक बर्षको सम्झौता नविकरण गराएको हो । सम्झौताको अनुसार भार्डी २०२२-२३ को अन्तिमसम्म लेस्टरमा बस्ने छन् ।

भार्डीले सम्झौता पछि आफुले क्लबको बारे जती बोले पनि पर्याप्त नहुने बताए । “मैले यो फुटबल क्लबसँग गरेको यात्राको वर्णन गर्न गाह्रो छ। क्लबले धेरै मिहिनेत सँगै धेरै हासिल गरिसकेको छ । मलाई अझै पनि म यो टोलीसँग अझ धेरै हासिल गर्न सक्छु जस्तो लाग्छ। त्यसैले म यहाँ फेरी बस्दै छु” भार्डीले भने।

लेस्टरले भार्डीलाई २०१२ मा नन लिग क्लब फ्लीटवुड टाउनबाट भित्र्याएको थियो। उनले लेस्टरका लागि ३०९ खेल खेल्दै १२९ गोल गरिसकेका छन् । उनी क्लबको चौथों सर्वाधिक गोलकर्ता हुन् ।

लेस्टर प्रिमियर लिगमा पाँचौ हुँदै युरोपाका लागि छनोट भएको थियो । यसै साता अर्का खेलाडी जेम्स म्याडिसनले पनि चार बर्षको सम्झौता हस्ताक्षर गरिसकेका छन्।

Click to comment

Trending