Headline

एसियमा सबैभन्दा बढी फलोवर कमाउने सेलिब्रेटी बिराट कोहली

Published

on

बिराट कोहली पछिल्लो समय क्रिकेट मैदानमा शान्त छन् । कोरोना भाइरसले भारतलाई नराम्ररी थला पारिदिदा त्यहा क्रिकेट हुन सकेको छैन । स्वास्थ्यको हिसाबले भारत सुरक्षित नहुदा इण्डियन प्रिमियर लिग पनि युएईमा हुन गइरहेको छ ।

तर मैदानमा नउत्रिएपनि भारतीय राष्ट्रिय टोलीका कप्तान कोहलीको समर्थकहरु भने बढ्ने क्रम जारी छ । कोहली अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलोवर भएका सेलिब्रेटी बनेका छन् । उनको इन्स्टाग्राममा ७ करोड ५८ लाख फलोवर पुगिसकेका छन् । उनी एसियामै सबैभन्दा बढी फलोवर भएका व्यक्ति बनेका छन् ।

यस क्रममा कोहलीले बलिउड तथा हलिउड नायिका प्रियंका चोपरा र दिपिका पादुकोनेलाई पछि पारेका हुन् । प्रियंकको ५ करोड ६० लाख र दिपिकाको ५ करोड २० लाख फलोवर रहेका छन् ।

मार्च यता मैदानमा नउत्रिएका कोहलीको पछिल्लो १५ दिनमै ३२ लाख फलोवर बढेका हुन् । केही दिनअघि मात्रै सामाजिक सञ्जालमा कोहलीले अमेरिकन बास्केटबल स्टार तथा लस एन्जलस लेकर्सका लेब्रोन जेम्सलाई सामाजिक सञ्जालमा पछि पारेका थिए ।

जेम्सको ७ करोड ९ लाख फलोवर रहेका छन् । कोहलीको फेसबुकमा पनि ३ कराडे ६९ लाख फलोवर रहेका छन् भने ट्विटरमा ३ करोड ७३ लाख ।

Click to comment

Trending