Headline

गोल, किर्तिमान र उपाधिहरुः लियोनेल मेस्सीको चम्किलो करिअर

Published

on

३३ बर्षको उमेरमा अझै पनि माथिल्लो तहको फुटबलमा एकै किसिमको धार कायम गर्न सफल अर्जेन्टाइन लियोनेल मेस्सी बार्सिलोनाको लागि सानो उमेरबाट खेल्दै क्लबको सर्वाधिक गोलकर्ता बनेका ह्न् । क्याटलन क्लब छोड्ने घोषणा गरेसँगै कस्ता छन् त मेस्सीको अहिलेसम्मका उपलब्धिहरु । एकपटक हेरौंः

बार्सा एकेडेमी

अर्जेन्टिनाको रोजारियोमा जन्मिएका मेस्सी १३ बर्षका थिए जब उनी बार्सिलोना एकेडेमीमा खेल्नका लागि आफ्नो परिवारसँगै स्पेन आइपुगेका थिए । हर्मोन बढ्ने समस्यले ग्रस्त भएका मेस्सी निकै साना थिए र उनको उपचारका लागि बार्सिलोनाले मासिक १ हजार डलर बेहोर्ने शर्तमा आफ्नो एकेडेमीमा ल्याएको थियो ।

शुरुवाती दिनहरुमा मेस्सीलाई होम सिक भएपछि मेस्सी संघर्ष गर्दै बार्साको पहिलो टिमबाट २००४ मा १७ बर्षको उमेरमा डेब्यु गर्न सफल भएका थिए । त्यही सिजन उनी बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

ओलम्पिक स्वर्ण

२००८ को बेइजिङ ओलम्पिकमा मेस्सीले अर्जेन्टिनालाई लगातार दोश्रो पटक स्वर्ण पदक जित्न मद्दत गरेका थिए । यस क्रममा अर्जेन्टिनाले सबै ६ वटै खेल जित्दा मात्र दुई गोल खाएको थियो । हाभियर मासेरानो र एन्जेल डि मारियासँगै खेलेका मेस्सीले ओलम्पिक स्वर्ण उनका लागि सबैभन्दा महत्वपूर्ण रहने गरेको बताउदै आएका छन् ।

तर १९९२ मा स्पेनका लागि ओलम्पिक स्वर्ण जितेका पेप ग्वार्डियोला बार्साको प्रशिक्षक नियुक्त नभएको भए मेस्सीले २००८ को ओलम्पिकमा सहभागिता जनाउन पाउने थिएनन् । ७० गोलसहित अर्जेन्टिनाको किर्तिमानी गोलकर्ता रहेका मेस्सीको खेल जिवनमा अर्जेन्टिनाको लागि सबैभन्दा ठूलो उपलब्धि ओलम्पिक स्वर्ण मात्रै हो ।

बालोन डि ओर

२००९ मा बिश्वकै सबैभन्दा प्रतिष्ठित फुटबल पुरस्कार जित्ने क्रममा मेस्सीले रियल म्याड्रिडमा भर्खरै प्रवेश गरेका पोर्चुगिच स्टार क्रिष्चियानो रोनाल्डोलाई पछि पारेका थिए । २००९ मेस्सीले आफूलाई फुटबलको नयाँ सुपरस्टारको रुपमा स्थापित गरेको बर्ष रह्यो । त्यो सिजन मेस्सीले बार्सालाई च्याम्पियन्स लिग जिताउने क्रममा ९ गोल गरे भने म्यानचेस्टर युनाइटेडबिरुद्धको फाइनलमा २–० जित हात पार्दा एक गोल पनि गरेका थिए ।

ग्वार्डियोलाको बार्सिलोनाले त्यही सिजन कोपा डेल रे र स्पेनिस ला लिगाको उपाधि जित्दा बार्साले इतिहासमै पहिलो पटक ट्रेबल जितेको थियो । गत डिसेम्बर नै मेस्सीले आफ्नो छैटौं बालोन डि ओर जितेका थिए ।

महान मुलर नै पछाडी

२००९ पछि २०११–१२ को सिजन पछि मेस्सीको लागि बिशेष रहन पुग्यो । त्यो सिजन मेस्सीले ला लिगामा ५० गोल गरे भने सबै प्रतियोगिताहरु गर्दै ७३ गोलका साथ युरोपमा एकै सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बने । यस क्रममा उनले जर्मन महान फुटबलर गर्ड मुलरको ६७ गोलको किर्तिमान तोडेका थिए ।

जर्मन क्लब बायर लेभरकुसनलाई बार्साले ७–१ ले हराउदा मेस्सी च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी पनि बनेका थिए । यो किर्तिमान अझै पनि कायनमै रहेको छ । मेस्सीको लागि व्यक्तिगत रुपमा यो सिजन उत्कृष्ट रहे पनि बार्साको लागि भने थिएन ।

बार्सा च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भयो भने ला लिगाको उपाधि पनि चिर प्रतिद्वन्दी रियल म्याड्रिडलाई सुम्पन पुग्यो ।

गोल, गोल, गोल

मेस्सी जम्मा २४ बर्षका थिए जब उनले बार्साका लागि सबैभन्दा बढी गोल गर्ने सेजार रोदि«गेजको ५७ बर्ष पुरानो किर्तिमान तोडे । २०१२ को ला लिगा म्याचमा ग्रानडाबिरुद्ध ह्याट्रिक पुरा गर्दै मेस्सीले नयाँ किर्तिमान कायम गरेका थिए ।

हालसम्म आइपुग्दा रोदि«गेजभन्दा चार सय गोल बढी गरिसकेका मेस्सीले बार्साको लागि ६ सय ३४ गोल गरेका छन् । त्यसमा ४ सय ४४ त स्पेनिस ला लिगामै रहेको छ । उनले कायम गरेको ३६ ह्याट्रिकको नजिक शायदै बार्सिलोनामा अब कोही नजिक पुग्न सक्लान् ।

७ सय को कोशढुँगा

कोरोना भाइरस लकडाउनपछि फुटबल सिजन सुचारु हुंदा मेस्सीले क्लब र देश गरेर करिअरमा आफ्नो ७ सयौं गोल पुरा गरे । जुनमा एट्लेटिको म्याड्रिडबिरुद्ध ला लिगा भएको २–२ को बराबरीमा मेस्सीले पनेंका पेनाल्टीमार्फत आफ्नो करिअरको ७ सयौं गोल गरेका थिए । तर यो सिजन भने मेस्सी र बार्सिलोनाकै लागि उपलब्धिमुलक भने रहेन । २००७ पछि पहिलो पटक बार्सिलोना उपाधि बिहिन रहन पुग्यो । यो पनि मेस्सीकै समयमा भयो ।

Click to comment

Trending