Headline

किर्तीमानी धावक बोल्टलाई कोरोना भाइरस

Published

on

स्प्रिन्टका बादशाह मानिएका जमैकन धावक युसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बोल्टले केही दिनअघि जमैकामै पार्टी आयोजना गरेका थिए भने शनिबार परिक्षण गरेपछि सेल्फ क्वारेन्टिनमा बसेका थिए । बोल्टको कोभिड–१९ परिक्षणमा पोजिटिभ पाइएको थियो र उनले कुनै पनि लक्षण भने देखाएका छैनन्, उनका एजेन्ट रिकी सिम्सले भनेका छन् ।

८ ओलम्पिक स्वर्ण पदक सहित ११ बिश्व च्याम्पियनसिपको उपाधि पनि जितेका बोल्ट १ सय र २ सय मिटर दौडमा बिश्व किर्तिमानधारी हुन् भने उनले २०१७ मा सन्यास लिएका थिए ।

जमाइकाका प्रधानमन्त्री एण्ड्रयु होल्नेसले बोल्टको जन्मदिनको पार्टीबारे अनुसन्धान भइरहेको बताएका छन् । यो सबै बिषयबारे छानबिन भइरहेको छ र प्रहरीले चाडै नै यस बिषयमा आफ्नो रिपोर्ट सार्वजनिक गर्नेछ, होल्नेसले एक भर्चुवल प्रेस कन्फेरेन्सलाई भने ।

लण्डनको बिश्व च्याम्पियनसिपपछि सन्यास लिएका बोल्टले व्यवसायिक फुटबलर बन्नका लागि अष्ट्रेलियाको प्रथम श्रेणीको क्लब सेन्ट्रल कोस्ट मराइनर्ससँग प्रशिक्षण पनि गरेका थिए तर उनले फुटबललाई करिअर भने बनाउन सकेनन् ।

बिश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचसँगै बोल्ट अहिले सम्म कोरोना भाइरस पोजिटिभ भएका सबैभन्दा हाइ प्रोफाइल खेलाडीहरु हुन् ।

Click to comment

Trending