Headline

म्यानचेस्ट सिटीलाई मेस्सीले नयाँ गन्तब्य बनाइसकेका हुन सक्छन्

Published

on

क्लबलाई औपचारिक रुपमा लियोनेल मेस्सीले बार्सिलोनासँगको सम्झौता रद्द गर्न आग्रह गरिराख्दा अर्जेन्टाइन स्ट्राइकरले आफ्नो अर्को गन्तब्य तय गरिसकेको हुन सक्छ ।

६ पटकको बालोन डि ओर बिजेता मेस्सीले आफ्नो व्यवसायिक करिअरको अर्को अध्याय म्यानचेस्टर सिटीबाट शुरु गर्नका लागि तयार भएको फुटबल बिज्ञ मार्सेलो बेच्लरले आफ्नो लेखमा उल्लेख गरेका छन् । अर्को खेल म्यागजिन दि एथ्लेटिकले मेस्सी सिटीमा सम्झौताको लागि तयार रहेको बताएको छ ।

प्रख्यात खेलकुद च्यानल इएसपिएनले सिटीका व्यवस्थापक पेप ग्वार्डियोलाले गत साता म्यानचेस्टरमा आउने बिषयमा मेस्सीसँग टेलिफोन वार्ता गरिसकेका छन् । मिडिया रिपोर्टका अनुसार सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) नियम नमिच्दै मेस्सीलाई क्लबमा ल्याउन गृहकार्य गरिरहेको र यसमा क्लब निकै आशावादी पनि रहेको छ ।

सिटी समर्थकहरुलाई एफएफपीका बारे स्पष्ट गरिराख्नु पर्ने छैन किनकी केहि महिनाअघि यो नियम मिचेको आरोपमा सिटीलाई दुई बर्ष युरोपमा खेल्न नपाउने प्रतिबन्ध लागेकै हो । यद्दपि यो प्रतिबन्ध खारेज गरिएपछि अब भने सिटीलाई मेस्सी ल्याउन केही सहज पनि भएको छ ।

अर्को बलियो आधार के पनि छ भने कोरोना भाइरस महामारीका कारण एफएफपीलाई केही खुकुलो बनाइएको कारण सिटीले मेस्सीलाई ठूलो रकममै पनि भित्र्याउन सक्छ । मेस्सीको लागि बार्सिलोनाले ७ सय मिलियन डलरको रिलिज क्लज तय गरेको छ । रकम ठूलै भएपनि सिटीको अबु धाबीका धनाढ्य मालिकलाई गाह्रो भने देखिदैन ।

क्लब र खेलाडीबीच अब कानुनी लडाई उत्पन्न हुन सक्ने परिस्थितिका कारण मेस्सीले अब यो लडाई कहासम्म लिएर जान चाहन्छन् पनि मुख्य मुद्दा रहनेछ । बार्सासँगको अन्तिम बर्षको सम्झौता एकपक्षीय रुपमा रद्द गर्ने अधिकार मेस्सीसँग रहे वा नरहेकोले पनि धेरै कुरा निर्धारण गर्न सक्नेछ ।

यदि मेस्सी क्लबसँगको टकरावमा बिजयी हुने हो भने उनलाई सिटी अथवा अन्य कुनै पनि क्लब जान मार्ग प्रशस्त हुनेछ । यदि असफल नहुने हो भने पनि बार्सिलोनालाई एक दशकदेखि सम्हालेर हिडेका मेस्सीबिना क्लबलाई कसरी लिएर जाने भन्ने टाउको दुखाई व्यवस्थापन पक्षलाई भने हुने नै छ ।

Click to comment

Trending