अन्तर्राष्ट्रिय

जमैकाको दोश्रो जित, सन्दिपको जादु कायमै 

Published

on

जमैका तल्वाजले क्यारेबियन प्रिमियर लिग (सिपीएल) को जारी सिजनमा दोश्रो जित दर्ता गराएको छ । आफ्नो चौथों खेलमा जमैकाले गायना अमेजन वारियर्सलाई पाँच विकेटले पराजित गरेको हो ।

जितका लागि १०९ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको जमैकाले १८ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

जमैकाको जितमा आन्द्रे रसेल रएल्जेगो बोनरले छैठौं विकेटका लागि ५१ रनको साझेदारी गरे । अविजित रहेका रसेल र बोनरले क्रमश २३ र ३० रन प्रहार गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गायनाले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १०८ रनको सामान्य योगफल तयार पार्यो ।

गायनालाई सस्तैमा रोक्ने क्रममा मुजिब उर रहमान र फिडेल एडवार्डसले समान ३-३ विकेट लिए भने सन्दिपले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

चार ओभर बलिङ गरेका सन्दिपले मात्र १२ रन खर्चिए । आफ्नो दोश्रो र चौथों ओभरमा ४-४ रन खर्चिएका सन्दिपले पहिलो ओभरमा तीन रन तथा तेश्रो ओभरमा मात्र एक रन खर्चिए । उनले आफ्नो दोश्रो ओभरको पहिलो बलमा तीन बलमा एक रन बनाएका शेर्फान रुथरफोर्डको विकेट हात पारेका हुन् ।

गायनाको तर्फबाट रस टेलरले सर्वाधिक २३ रन बनाए भने नवौं नम्बरमा ब्याटिङ गर्न आएका नावीन उल हकले पनि अविजित रहँदै २० रनको योगदान दिए ।

Click to comment

Trending