राष्ट्रिय

सिपीएलमा सन्दिपको उत्कृस्ट प्रदर्शन जारी 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो चौथों खेलमा पनि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो उत्कृस्ट बलिङ प्रदर्शन जारी राखेका छन् ।

गायना अमेजन वारियर्स विरुद्धको खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै १२ रन खर्चिएर एक विकेट हात परेका छन् ।

आफ्नो दोश्रो र चौथों ओभरमा ४-४ रन खर्चिएका सन्दिपले पहिलो ओभरमा तीन रन तथा तेश्रो ओभरमा मात्र एक रन खर्चिए । उनले आफ्नो दोश्रो ओभरको पहिलो बलमा तीन बलमा एक रन बनाएका शेर्फान रुथरफोर्डको विकेट हात पारेका हुन् ।

यस अघिको खेलमा घातक बलिङ गरेका सन्दिपले गायना विरुद्ध खेलमा चार ओभरमा आठ रन खर्चिएर दुई विकेट हात पारेका थिए । सिपीएलको जारी सिजनमा चार खेलमा सन्दिपले पाँच विकेट हात पारी सकेका छन् ।

Click to comment

Trending