Headline

युनाइटेडका कप्तान मग्वायरलाई जेल सजाय; इङ्गल्याण्ड टिमबाट निकालिए

Published

on

म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वायरलाई ग्रिसको पर्यटकीय द्विप माइकोनोसमा मारपिट गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेको आरोपमा २१ महिना १० दिन को जेल सजाय सुनाइएको छ । २७ बर्षिय इङ्गल्याण्ड डिफेन्डर मग्वायरलाई केही दिन अघि मात्र ग्रिक प्रहरीले पक्राउ गरेको थियो ।

मग्वायरले यो फैसला आउने बितिकै अदालतमा तुरुन्त अपिल गर्ने जनाएका थिए।  “अदालतको यो निर्णय पछि म फेरी अपिल गर्ने छु,” मग्वायरले भने । “म यस विषयमा हामी निर्दोष रहेकोमा म विश्वस्त छु । यदि मेरो आफन्त, परिवार र साथीहरू पिडित छन् भने मैले जसरी पनि लड्नु पर्छ,” उनले थपे ।

मग्वायरलाई प्रहरीले उनका भाई २८ बर्षिय जो मग्वायर र २९ बर्षिय साथी क्रिस्टोफर शर्मनसँग बिहीवार पक्राउ गरेको थियो ।

उनका भाई जो हिंशा, मारपिट र घूसखोरीको प्रयासमा दोषी साबित भएका छन्। साथी शर्मान भने प्रहरीलाई गरेको अपमान, शारीरिक क्षति र सार्वजनिक कर्मचारीहरु विरुद्धको हिंसामा दोषी ठहरिएका छन् । दुवैलाई १३ महिनाको जेल सजाय सुनाइएको छ ।

ब्रिटिस पर्यटकहरुबीच नै एक बारको बाहिर भएको झगडामा मग्वायर उनका भाई र अर्का एक साथी पनि संलग्न रहेको ग्रिक सञ्चार माध्यमहरुले जनाएका थिए । पक्राउ परेर नियन्त्रण लिने क्रममा उनीहरुले भाग्ने प्रयास समेत गरेका थिए ।

नेसन्स कपका लागि इङ्गल्याण्डको अन्तिम टोलीबाट पनि मग्वायरलाई हटाइएको छ ।

मग्यावरका लागि ग्रिसको शीर्ष मानव अधिकार वकिल एलेक्सिस अनाग्नोस्टाकिसले प्रतिनिधित्व गरेका थिए । उनले यो केस स्थगनका लागि आग्रह गरे पनि न्यायाधीशले अस्वीकार गरेका थिए ।

म्यानचेस्टर युनाइटेडले भने विज्ञाप्ति निकाल्दै भन्यो: “ह्यारी मग्वायरले आफूमाथि लगाइएको सबै अपराध अभियोगहरूमा दोषी नरहेकोमा उनले निर्दोष भएकोमा जोड दिएका छन् । मग्वायरले आरोपहरुको खण्डन गर्दै पर्याप्त प्रमाणहरुका साथ फेरी अपिल गर्ने छन् । जस्ले गर्दा तोकीएको मितिमा पूर्ण र निष्पक्ष सुनुवाई हुने छ। ”

अनाग्नोस्टाकिसले अदालतमा भने मग्वायरकी बहिनी डेजीमाथी अल्बेनियन केटाहरुको समुहले केही नशालु पदर्थले भरिएको सुइले आक्रमण गरेको र पछी उनी बेहोस हुँदै त्यहा ढलेको बताएका थिए। उनका अनुसार डेजीलाई अस्पातल पुराउन गाडी मगाए पनि उनीहरुलाई प्रहरी कार्यालय लगिएको थियो ।

तर सरकारी वकिलहरुको अनुसार भने मग्वायर, उनका भाई र साथीले प्रहरी माथि शारीरिक र मौखिक रूपमा  हमला गरिएको बताएका थिए ।

एक प्रहरीले भने मग्वायरले आफुलाई छोड्न बिन्ती गरेको बताए । “मग्वायरले मलाई, म को हुँ थाहा छ ? म म्यानचेस्टर युनाइटेडको कप्तान हुँ, म सँग पैसा छ, मलाई छोडिदेउ जस्तो कुरा गरेका थिए ।”

ति प्रहरीले अदालतमा भने शहकर्मी साथीले पनि मग्वायरले पैसाको कुरा गर्दै छोडिदिन आग्रह गरेको बताएका थिए । मग्वायरको पक्षले भने भाषामा समस्या आएको हुन सक्ने र खेलाडीले जरिवाना तिर्दै त्यहाबाट निस्किने कुरा गरेको जनाएको थियो ।

अदालतले त्यहाको प्रहरीको व्यावसायिकतालाई औला उठाउने काम नगर्न सुझाव दिएको थियो । अनाग्नोस्टाकिसले मग्वायरलाई खुट्टामा आक्रमण गरे पछि मात्र उनी प्रहरीसँग रिसाएको बयान दिएका थिए ।

 

Click to comment

Trending